राज्यले युवाहरुको लागि ठोस नीति तथा कार्ययोजना बनाउन नसक्दा वैदेशिक रोजगारमा जानेको संख्या दिन प्रतिदिन बढिरहेको छ । पुरातनवादी सोच र अवैज्ञानिक शिक्षा प्राणालीले नेपाली युवा शक्तिले अवसर र सीप अनुसारको पारिश्रमिक नपाउदा बेरोजगार बनिरहेका छन । रोजगारको गन्तव्य अहिले खाडी मुलुक बनिरहेका छन् । राज्यले उत्पादशील जनशक्तिलाई अझैपनि परिचालन गर्न सकेको छैन । वेरोजगार भएकै कारण अवैध गतिविधिमा युवाहरु प्रेरित भईरहेका छन् । पढाईमा विज्ञता हासिल गरेपनि देशमा रोजगार पाउन नसक्दा शिक्षित वर्ग धमाधम पढाईको नाममा धमाधम युरोपका मुलुकतिर हानिएका छन् । देशमा भएका ठूला परिवर्तनमा अग्रपंक्तिमा रहेर भूमिका खेलेका युवाहरु मातृभूमी छोडी बिदेशी भूमिमा सस्तो श्रममा आफुलाई बिक्री गरिरहेका छन् । देशका करिब ४० लाखभन्दा बढी युवावर्ग वेरोजगार भई रोजगारको लागि छिमेकी देश भारत र खाडीको चर्काे घाममा कठिन श्रम गरिरहेका छन् । राज्यले युवालाई हतियार बनाएर सत्ता स्वार्थ पूरा गरी राज्यले युवाहरुको जीवन नै बर्वाद बनाउने काम भएको छ । २० वर्षपछि भएको स्थानिय तह, प्रदेश र प्रतिनिधिसभाको चुनावपछि भने देशमा रोजगारको अवसर सिर्जना हुने संकेत देखिन थालेको छ । जसले धेरै वेरोजगार युवालाई हर्षित बनाएको छ । स्थानिय तहमा जनप्रतिनिधि आएपछि गाउँमा युवाहरुले रोजगार पाउन थालेको सुखद खबर आउन थालेको छ । उत्पादनशिल जमीनलाई बाँझो राखेर विदेशमा पलायन हुने प्रचलनलाई रोक्नेको लागि काठेखोला गाउँपालिका वडा नं. ७ ले उर्वर भुमि बाँझो राख्नेलाई कार्वाही गर्ने कार्यक्रम अघि सार्ने बताएको छ । जसले गर्दा खेतीयोग्य जमीन अब बालीनालीले हराभरा भएको हेर्न पाईने छ । गाउँघरमै रोजगारको प्रशस्त अवसर भएपनि विदेश नगई नहुने सोचका कारण युवा वेरोजगारको दर बढेको हो । स्थानिय निकायका प्रतिनिधिले अब युवालाई रोजगारको अवसर सिर्जना गर्नको लागि संभावनाहरुको खोजी गर्न जरुरी छ । हिजो चुनाव ताका युवा वर्गमा बाँडिएका विकास र स्वरोजगारका नारालाई यथार्थमा परिणत गर्न जरुरी छ । गाउँघरमै रोजगारका प्रशस्त संभावनाहरु छन् । त्यसतर्फ युवालाई आर्कषण गर्नको लागि कार्यक्रम बनाउनु पर्छ ।
स्थानिय निकायले चाहे गाउँघरमै रोजगार सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण विकट कालीकोट र छिमेकी जिल्ला पर्वतको महाशिला गाउँपालिकालाई लिन सकिन्छ । कालीकोटको एक गाउँ पालिकाले १ सय २० युवालाई रोजगार दिएको छभने महाशिला गाउँपालिकाले बेरोजगार घरपरिवारलाई रोजगारी दिने घोषणा नै गरेको छ । महाशिलाले पहिलो चरणमा ६ सय जनतालाई रोजगारी दिने घोषणा गरेको छ । महाशिलाले सरकारी र गैरसरकारी निकायमा कुनैपनि सदस्यले रोजगारी नपाएको परिवारका कम्तीमा पनि एक जनालाई रोजगार दिने छ । बेरोजगार घरपरिवारलाई विभिन्न सिपमुलक तालिम दिएर सम्बन्धित क्षेत्रमा काममा लगाउने योजना बनाएको छ । जुन महाशिला गाउँपालिकाको महान काम हो । वेरोजगार घरपरिवारलाई तालिम दिनको लागि गाउँपालिकाले सूचना निकाल्ने तयारी गरेको छ । वेरोजगारलाई रोजगार दिने महाशिलाको शैली अन्य गाउँपालिकाले पनि अपनाउने होभने वेरोजगार युवालाई घरगाउँमै रोजगार दिन सकिने निश्चित छ ।
Previous Articleतरकारीका बेर्ना उत्पादन गर्दै खुंगाका कृषक
Next Article २०७४ माघ २३ गते मंगलबारको राशिफल