बागलुङ, २३ माघ– सिद्धार्थ बैंकको बागलुङ शाखाको सोमबारदेखि औपचारिक शुभारम्भ भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ र बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बैंक शुभारम्भको उद्घाटन गरे । उक्त अवसरमा बोल्दै भारीले बैंकहरुका आगमन सँगै लगानी बढ्ने आशा गरेका थिए । उनले व्यवसाय गर्न चाहनेलाई व्यवहारिक रुपमा लगानी गर्न बैंकलाई आग्रह पनि गरे । बैंकले सडक मार्गले छोएको जग्गा धितो राखेर मात्र दिने ऋणलाई सहज बनाउने सहायक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कंडेलले बताए ।
सडकले छोएको जमिनमा मात्र मूल्यांकन भएकोमा बैंकले किनबेच भैरहेको अन्य महत्वपूर्ण जमिनलाई पनि धितो राखेर ऋण दिन सक्ने प्रावधान समेत बनाएको उनले बताए । माईक्रो फाइनान्स, कृषि कर्जा लगायतको सेवा प्रवाह पनि थाल्नै लागेको उनले जानकारी दिए । हाल सिद्धार्थ बैंकका देशभर ९५ शाखा छन् भने ९९ स्थानमा शाखा रहित रुपमा रहेर पनि बैंकिङ सेवा दिन थालेको छ । त्यस्तै १० वटा विभिन्न गाउँपालिकामा पुगिसकेको यो बैंकले १ सय ५ स्थानमा एटिएम सेवा दिएको छ । ६ सय ५० वटा स्थानमा पोष्ट मेसिन मार्फत कारोवार थालेको छ ।
त्यस्तै २ लाख डेविट कार्ड र ८ हजार क्रेडिट कार्ड जारी गरिसकेको र सामान खरिद विक्रिका लागि नगद नभई कार्डबाटै तिर्न सकिने व्यवस्था पनि प्रयोगमा ल्याउन थालेको कंडेलले जानकारी गराए । मोवाईल बैंकिङ, रेमिट सहित सिदार्थ क्यापिटल, नन लाईफ र लाईफ इन्सुरेन्सको काम पनि शुरु भएको छ । मध्यपहाडी लोकमार्गले उदीयमान भएकोले बागलुङमा पनि शाखा स्थापना गरेको उनले जानकारी गराएका थिए ।
Previous Articleपेचिलो बन्दै प्रदेश खर्च व्यवस्थापन र स्रोत
Next Article पत्रकार जिसीलाई कृयाशिल पत्रकारीता पुरस्कार