बागलुङ, २२ माघ-जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले आईतवार सदरमुकाममा नसर्न रोगको रोकथाम सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा धौलागिरि अन्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागर राजभण्डारीले हरेक मानिसले नियमित स्वास्थ जाँच गर्न जरुरी रहेको बताए । जाँच गने बानिका कारण कस्लाई के रोग लागेको छ भन्ने कुरा थाहा हुने भन्दै उनले अहिले नसर्ने रोग बढेर गएको बताए ।
यसलाई रोकथाम गर्न आहार बिहारमा ध्यान दिन जरुरी रहेको डाक्टर राजभण्डारीले बताए । अहिले समाजमा सरूवा रोग भन्दा पनि नसर्न रोग समस्याको रूपमा देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दिपक प्रसाद तिवारीले बताए । पहिला धनीको रोगबाट चिनिने नसर्न रोगले गरिब देशलाई पनि नछोडेको हुदा यसबारे सबै सचेत रहन आबश्यक भएको तिवारीको भनाई थियो । अहिले बिकसित देशमा भन्दा मृत्यु बृद्धिदर अबिकसित देशमा बढीरहेको तथ्यांक देखिएको कार्यक्रममा तिवारी जानकारी गराएका थिए । नेपाल सरकार स्वास्थ मन्त्रालयले सन २०२५ सम्ममा नसर्ने रोगको मृत्यु दर २५ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष ले मन्तब्य राखेका थिए । कार्यक्रम संचालन जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी घनश्याम सापकोटाले गरेका थिए ।
Previous Article२०७४ माघ २२ गते सोमबारको राशिफल
Next Article प्रथम मेयर कपको उपाधि वालिङ नगरलाई