नेपालमा उत्पादित वस्तुले भारतमा त्यती सहजै बजार पाउन सक्दैन भन्ने उदाहरण पछिल्लो अदुवा निर्यातमा रोक लगाउनुलाई लिए काफी हुन्छ । किसानले पसिना बगाएर उत्पादन गरेको अदुवा निर्यातमा भारतले यसपटक पनि खोचे थापेर नेपाली किसानलाई दुःख दिने काम ग¥यो । किसानले नेपाल सरकार समक्ष हारगुहार गरेको लामो समयपछि मात्रै भारतले अदुवा निर्यातको बाटो खोल्यो । गत वर्षपनि गुल्मीमा उत्पादित भएको अदुवा भारत निकासी हुन नसक्दा कृषकका ग्रहामा अदुवा सुकेको समाचारले चर्चा पाएको थियो । अदुवा मात्रै होइन भारतले नेपालमा उत्पादन भएका वस्तुको निर्यातमा अवरोध सिर्जना गर्दै आएको छ । यो भयो दुई देशबीचको आयात र निर्यातको कुरा । अझ बिडम्बना के छभने स्वदेशमै कृषकले उत्पादन गरेको कुषिजन्य उपजले बजार पाउन नसक्दा खेतबारीमै कुहिनु परेको छ ।
बागलुङ जिल्लामा पनि कृषकले उत्पादन गरेका कृषि उपजले सहज बजार पाउन सकेको छैन । जिल्लामा उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरणमा सम्बन्धित निकायले ध्यान दिन नसक्दा यस्तो समस्या सिर्जना भएको हो । बागलुङका दुर्गम क्षेत्र केही वर्षअघि दिगो भू–व्यवस्थापन कार्यक्रम अन्र्तगत गाउँगाउँमा मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि टनेल तथा प्लाष्टिक पोखरी निर्माण गरिएको थियो । गाउँगाउँमा पनि टनेलमा बेमौसमी तरकारी खेती गर्ने प्रचलनले बढवा पाएको छ । तर, गाउँमा उत्पादित कृषि उपजले त मुल्य पाएको छ न त बजार नै पाउन सकेको छ । गाउँमा उत्पादित वस्तुको बजारीकरणका लागि प्रमुख चुनौतीका रुपमा सडक रहेको छ । सहज सडक नहुँदा आज जिल्लाको सुदुरपश्चिमवर्ती बोबाङमा उत्पादित फर्सीले बजार पाउन सकेको छैन । फर्सीले बजार पाउन नसक्दा हामीले सडेका गोलभेडाबाट बनेका सस प्रयोग गर्नु परेको छ । बजारमा फर्सीको राम्रो बजार छ तर ढुवानीका कारण फर्सी सडिरहेका छन् । फर्सी मात्रै होइन गाउँमा उत्पादन हुने धेरै कृषिजन्य उपजले बजार पाउन सकेका छैनन् । कृषिजन्य उपजको सहज बजारको लागि सबैभन्दा पहिले ढुवानीको लागि सडकको विस्तार गर्नुपर्छ ।
सरकारी निकायको बेवास्ता कै कारण कृषकहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण हुन सकेको छैन । यस्तै समस्या भोगेका कृषकहरुले स्थानीय तहको सहयोग नपाएपछि बागलुङ नगरपालिका वडा न. ३ का कृषकहरु आफैले मोटरबाटो खन्न सुरु गरेका छन् । जिल्लाकै एक मात्र कृषि गाउँमा कृषि गाउँ–कालढुंगा–खुट्टेवरसम्म पुग्ने १ सय मिटरको मोटरबाटो निर्माणको लागि कृषकहरु आफै जुटेका छन् । कृषकहरुले देखाएको यो साहस निकै नै प्रशंनिय छ । अगुवा कृषक गंगा थापाको नेतृत्वमा कृषकहरुले सडक निर्माणको लागि श्रमदान गरिरहेका छन् । खेतबारीमा मल पु¥याउन, कृषकले उत्पादन गरेको सामाग्री ल्याउन÷लैजान सहजता पु¥याउने कृषकले मोटरबाटो निर्माणमा जुटेका हुन् । कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ । त्यसको उदाहारण जिल्लामा धेरै छन् । जुन ठाउँमा जेको आवश्यकता छ त्यहाँ त्यही कार्यको थालनी गर्न स्थानिय निकायले विशेष प्राथमिकता दिन आवश्यक छ ।
Previous Article२०७४ माघ २१ गते आईबारको राशिफल
Next Article चम्किलो जैमिनीको मलिन चेहेरा