कुश्मा बिरुद्ध पोखराको गोल बर्षा
बागलुङ १९ माघ– बागलुङ नगरपालिकाको आयोजनामा संचालन भैरहेको मेयरकप फुटबलमा पोखरा लेखनाथ महानगर पालिकाले शुक्रवार गोलको बर्षा गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
बाङगेचउरमा भएको खेलमा पोखराले गरेको गोलबर्षा बिरुद्ध कुश्माले कुनै गोल फकाउन सकेन । महानगरले पर्वतको कुश्मा नगरपालिकालाई शुन्यका विरुद्ध ६ गोलको बर्षा गरेको थियो । खेलमा पोखराका भिषण गुरुङले ह्याट्रिक गरेपछि खेलमा कुश्माको सेमिफाईनल यात्राको सपना चकनाचुर भएको थियो । पोखराले खेलको २२ औं मिनेटमा बिनोद गुरुङको पहिलो गोल गरेको थियो । त्यसपछि ३२ औं मिनेटमा बिजय श्रेष्ठ र ६० औं मिनेटमा मानबहादुर तामाङले गोल गरेका थिए । भिषणले भने ६४औं, ६६ औं र ७९ औं मिनेटमा गोल गरेर खेलमा उत्कृष्ठ प्रदर्शनी समेत गरे । पोखराको खेल बाट दर्शकमा सेमिफाइनल लगायतका खेलमा समेत राम्रो प्रर्दशनीको आसा जागेको छ ।
शुक्रवारकै दोश्रो खेलमा स्याङजाको वालिङ नगरपालि पनि सेमिफाइनलमा प्रवेश गरेको छ । वालिङले म्याग्दीको बेनी नगरपालिालाई दुइ शुन्य गोल अन्तरले हराउँदै बिजयी भएको हो । विहिवारको क्वाटर फाइनल खेलमा टाइसिटमा परेको नवलपुरको गैडाकोट नगरपालिका नआएपछि वाई परेको वेनीले शुक्रवारको खेलमा अगाडि बढ्न सकेन । पहिलो हाफमा बराबरी खेलेपनि दोश्रो हाफमा बेनीले आफ्नो बचाउ गर्न नसक्दा सेमिफाइनल यात्रा टुंगिएको हो । वालिङका सफल थापाले ४३ औं र अजिज दिन मियाँले ६१ औं मिनेटमा गोल गरेर सेमिफाईनल यात्रा तय गरेको हो । सेमिफाईनल खेलका लागि शनिवार पोखरा लेखनाथ महानगर बिरुद्ध गोरखा र वालिङ विरुद्ध व्यास नगरपालिका भिड्ने छन् ।