म्याग्दी, १८ माघ– जिल्लामा अव्यवस्थित रुपमा नदीजन्य बस्तुको उत्खनन भइरहेको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुपपरिवर्तन हुनेगरी म्याग्दी र कालीगण्डकी नदीको किनारबाट ढुंगा, गिट्टी, बालुवाको उत्खनन भइरहेको हो । नदीजन्य बस्तुको उत्खनन गर्ने जिम्मा लिएका व्यवसायीले सम्झौता विपरीत मेसिनको प्रयोग गरेर उत्खनन गरेका हुन् ।
डोजर लगाएर, खोलाको धार परिवर्तन गराई ढुंगा गिट्टी बालुवाको उत्खनन गर्दा तटीय क्षेत्रमा कटानको जोखिम बढ्नुका साथै जलचरको बासस्थान र वातावरणमा असर परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । सरकारी निकाय र व्यवसायीको मिलेमतोमा नदीजन्य बस्तुको अव्यवस्थित रुपमा उत्खनन हुने गरेको स्थानीयको गुनासो छ । जिल्ला समन्वय समिति म्याग्दीले विभिन्न निर्माण कम्पनीलाई नदी किनारको ढुंगा, बालुवा उत्खनन गर्न ठेक्का दिने क्रममा वातावरणीय असर नपर्ने गरी मजदुरको प्रयोग गर्ने सहमति भएको छ ।
सारेमारे, ठूलोबगर, डम्मरा, बगुवाखोला, बाबियाचौर, रातोपहिरो, तिप्ल्याङ, पोखरेबगर लगायतका ठाउँमा व्यवसायीले सम्बन्धित निकायको आँखा छलेर दिउँसै र रातको समयमा डोजर प्रयोग गरेर उत्खनन गर्ने गरेको गुनासो आएपछि प्रहरीले अनुगमन कार्यलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा आइतबार राति सारेमारेमा डोजर प्रयोग गरेर अवैध रुपमा नदीजन्य बस्तुको उत्खनन गरेको भेटिएपछि डोजरको चाबी र तीन वटा टिपर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध रुपमा उत्खनन गर्ने व्यवसायीलाई सम्बन्धित निकायले भने कारबाही गर्नुको साटो सचेत बनाएर मात्र छाडेका छन् । आगामी दिनमा डोजरको प्रयोग नगर्ने सहमतमा डोजर र टिपर छाडिएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताए । पर्वतको लस्ती,
Previous Article२०७४ माघ १८ बिहिबार को राशिफल
Next Article प्रथम मेयरकपको दोस्रो खेलमा कुश्मानगर बिजयी