भरत बागलुङे
यतिखेर शेबदा चर्चाको शिखरमा छन् ती हरेक दिनकुनै न कुनै उपद्रोह गरेर नेपालको राजनीतिमा पञ्चायतको अबशानपछि निरन्तर चर्चामा आईरहेका पात्र हुन । आवेग र चरम उत्तेजनामा आप्mनो हैसियत विर्सिएर र त्यसको उचाईको ख्याल नगरि मनपरी कर्म गर्ने यी मनुवा नेपालको इतिहासका सबै भन्दा खतरनाक पात्रहुन उनका विरोधीले तिक्त भाषा शैलीमा उनीप्रति लाञ्छना लगाईरहेका छन् । लोकतन्त्रको लोरी गाएर घोर अलोकतान्त्रिक कर्म गर्ने यी पात्र यतिखेर फेरी चर्चाको शिखरमा छन् तिनको मनमौजीलाई झट्ट हेर्दा नागरिकप्रतिको उत्तरदायित्व र राम्रो कामको रुपमा देखिन्छ, तर प्रकान्तरमा त्यो राज्य माथीको चरम शोषण, अनुत्तरदायी र घोर लज्जाजनक कुकर्म हो । चुनावहारेपछि सामान्य लोकतान्त्रिक मुल्यमान्यता र नैतिकताको ख्याल र सम्मान गर्न नसक्ने शेबदाले जुनप्रकारले राजनैतिक पिडितको नाममा आप्mना कार्यकर्तालाई राज्यकोष दोहन गरेर रकम बाँडिरहेका छन्, शहिदको अपमानगर्दै आप्mना समर्थकलाई शहिद घोषणा गरिरहेका छन् र सामाजिक सुरक्षाको नाममा वृद्धभत्ता पाउने नागरिकको उमेरको हदबन्दिलाई कटौती गरिरहेका छन् त्यो घोर लज्जास्पद र हाँस्यास्पद कर्म हो ।
भूकम्पपीडित र हरेक वर्ष मधेशमा बाढीको चपेटामा पर्ने र पहाडमा पहिरोले थिलथिलो परेका नागरिकका दुःखका सम्मुख ती आप्mना आदेशपालक कमारा कमारीहरुको जीवनउत्थानको कर्ममा लीन देखिन्छन् । तिनको यो सुकर्मको आवरणमा गरिएको घोर कुकर्मको गहिराईमा ती सपना देखिरहेका छन् सपनामा ती बामपन्थी प्रति बदलालिने मनसुवालिएर अगाडि बढिरहेका छन् तर तिनलाई ज्ञात छैन सत्ता मात्र मुलुक हैन र मुलुकको बर्बादीमा बामपन्थी मात्र अपजसका भागीदार बन्ने छैन बरु काँग्रेसले थितर तिनलाई ज्ञात छैन सत्ता मात्र मुलुक हैन र मुलुकको बर्बादीमा बामपन्थी मात्र अपजसका भागीदार बन्नेछैन बरु काँग्रेसले थिल लिो पारेको मुलुकको खरानीको थुप्रोबाट तीजीवनको शुभारम्भ गर्नेछन् र बर्बादीको भागीदार काँग्रेसलाई बनाउने छन् । खासमा बामपन्थीको सरकारलाई आर्थिक रुपमा अप्ठ्यारो पार्ने रणनीति लिएर शेबदा र सिंगो काँग्रेस पार्टी जुन बाटोमायात्रारत छन् त्यसले काँग्रेस स्वयमलाई नेपालको राजनीतिमा सबै भन्दा लामो इतिहास भएको तर अपरिपक्व र गैरजिम्मेवार पार्टीको रुपमा स्थापित गरिरहेको छ । राजनीति सम्भावना हरुको खोजीहो यो सत्यलाई आत्मासाथ गरेर हेर्दा प्रश्नगर्नु जरुरी छ काँग्रेस भित्र काँग्रेस र समाजवादी भएर बाँच्नचाहने आम नेताकार्यकर्ता र शुभेच्छु हरुले की अब नेपालको इतिहासमा के काँग्रेसको उपादेयता समाप्त भएकै हो त ? के नेपालमा अबकहिल्यै काँग्रेसको विजय हुँदैन र उसले सत्तामा बस्न पाउँदैन ?यतिखेर काँग्रेसका नेताकार्यकर्ता र शुभेच्छु ती निदाईरहेका छन् खासमा आँखा चिम्लेर, ती चेतनाको आलोकमा हेर्दा जुन शैली र शब्दमा शेबदाको बचाउ गरिरहेका छन् त्यसले प्रमाणित गर्छ काँग्रेस राजनैतिक दल नभएर त्यो कम्युनिष्ट विरोधीहरुको विशाल झुण्ड मात्रहो जहाँ लोभी पापी, अराजक र सबै खाले मनुष्य चैतन्यबाट च्यूत भएकाहरु बास गर्छन् सम्भवत यो नमिठो सत्यलाई काँग्रेस इतरका मान्छेहरुले विश्लेषण गर्दा काँग्रेसलाई माया गर्नेहरुलाई नमिठो लाग्नेछ ।
राजनैतिक चेतनाको आलोकमा २०४६ सालपछिको नेपाललाई हेर्दा नेताहरु जहिल्यै सपना बाँडिरहेका छन् र आम सर्वसाधरण तिनै सपनाको पछि कुदिरहेका छन् । सपना खेतीको अग्रमोर्चामा नेपाली काँग्रेस र त्यसका गाउँदेखि केन्द्र सम्मका नेताकार्यकर्ता ती यतिगतिशील रुपमा लागिरहेका छन् त्यसले विकास र समृद्धिलाई स्वर्गबाट प्राप्तहुने फलको रुपमा स्थापित गरिदिएको छ, जसको प्राप्ति निरन्तरको काँग्रेसको सत्तारोहणबाट मात्रहुनेछ र यसको लागिती राज्यको दोहन चरम रुपमा गरिरहेका छन् । थाह छैन यो क्रम अझकति सय या हजार वर्ष यो धरामा यसरी नै चलिरहन्छ र विकास र समृद्धिको प्राप्तिको नाउँमा मुलुक टाट पल्टाइन्छ ।
नेपालका कम्युनिष्टहरुले सदावहार रुपमा काँग्रेसलाई लगाईरहेको आरोप सत्य हैन भने काँग्रेस यी श्रापबाट मुक्तहुनु जरुरी छ या मुक्तहुने उत्तम उपायमा लाग्नु जरुरी छ, ती आक्रमक शैलीमा भनिरहेका छन् मुलुकको शासन सत्तालाई लोकतन्त्रको लोरी गाएर कब्जा गर्ने र त्यसको लागि देशीविदेशी शक्तिहरु सँग अवैध साँठगाँठ गर्नेदेखि मुलुकको अखण्डता, सार्वभौ मिकता र हितलाई लिलामगर्न लज्जाबोध नगर्ने, देशकाकलकारखाना, उद्योगधन्दा र प्राकृतिक सम्पदालाई दलाल पूँजीपतिलाई बिक्रिगर्ने र कमिशन हसुर्नेदेखि अनावश्यक रुपमा आप्mनाकार्यकर्ता हरुलाई सरकारी संस्थान, विद्यालय र सरकारी कार्यालयमा जर्वजस्त भर्ना गरेर मुलुकको दोहनगर्ने काम २०४६ साल पछि काँग्रेसको नेतृत्वले यति चरम रुपमा गरिरहेको छ, गाउँदेखि केन्द्रसम्म सामान्य टोल सुधार समिति देखि सिंहदरवार सम्म कब्जा गर्ने रणनीतिबाट चलिरहेको काँग्रेस पार्टी नेपालको सन्दर्भमा मुलुकको समृद्धिको बाधकहो । यद्यपी तीलोकतन्त्रको आवरणमा सबैभन्दाचर्को आवाजमा विकास र समृद्धिको कुरो गरिरहेका छन् । मुलुक दिनप्रतिदिन धरासायी बनिरहेको छ । हरेक दिनकरिब करिब दुई हजारको सङ्ख्यामा देशका बेरोजगारहरु मुलुक छोडेर परदेश पसिरहेका छन् र कृषिबाट मुलुकको अर्थतन्त्र रेमिट्यान्सतिर सरिरहेको छ । खासमा नेपालको पहिचान के हो त अब ? के यसरी नै मुलुकको ठेक्का हाम्रो हो, विकास र समृद्धि हामीबाट मात्र सम्भव छ भनेर सत्तामा बस्ने तर सीमान्तकृत वर्गको हितलाई भन्दा दलाल पूँजीपति र नवसम्भ्रान्तवर्गको हितलाई मात्र प्राथमिकता दिएर मुलुक समृद्ध बन्न सक्छ ? काँग्रेस पछिल्लो चरणमा गिरिजा प्रसादकोइरालाको निधनपछि अझ बढी अराजक, गैरजिम्मेवार र मनपरीतन्त्रको शिकार स्वयम बनिरहेको छ र उसले मुलुकलाई यही पथबाट घिसारिरहेको छ ।
मुलुकमा बढ्दो बेरोजगारी, सत्ता र राजनीतिप्रतिको नागरिकको चरम असन्तुष्टि, महङ्गी, भ्रष्टाचार, सरकारी कार्यालय हरुमा बढ्दो ढिलासुस्ति, सिमानामा भइरहेको अशान्ति, छिमेकीको हेपाहा प्रवृत्ति र विकास प्रतिको सरकारी उदासिनताका बीच शेबदाले किन भष्मासुर पथको यात्रा तय गरिरहेका छन् ?आमनिर्वाचनबाट अस्वीकृत दल जसले नैतिकताको आधारमा सत्ता चुनावबाट अनुमोदित शक्तिलाई शान्तिपूर्ण रुपमा हस्तान्तरण गरेर आप्mना कमि कमजोरीहरुलाई विश्लेषण गरी सङ्गठन निर्माण र लोकतान्त्रिक अभ्यासको मजबुतिको लागि लाग्नु पर्ने बेला शेबदा ती जीवनको उल्टो बाटोमा यात्रारत छन् यसले काँग्रेसको जीवनमा दुरगामी रुपमापार्ने असर र अप्ठ्यारोको बारे सिंगो काँग्रेस मौन देखिन्छ यसको अर्थ ती सत्ता र शक्ति प्रति लालयित लोभीपापीको बथानमा रुपान्तरित हुने अभ्यासमा छन् । ती सत्ता दोहनको रस्वादनको सम्झनामात्रले मदहोस छन् र ती पीडामा छन् राजकीय सत्ताको अवसानले ।
तिनको यही मौनता र दाशताले तिनलाई दुनियाँका बढे बढे तानाशाह हरुको पतनको इतिहास महशुस गर्न बन्देज गरिरहेको छ । ती सोचिरहेछन् ऋतुले एकपटक मात्रपालुवा फेर्छ, पृथ्वीले आप्mनो जु्नीमा एकपटक मात्र घुम्छ यही सापेक्षमा ती मनपरी राज्यको दोहनमा मग्न छन्, प्रकृतिको दोहन, देशका सम्पदाको दोहन, राज्यका अङ्गहरुको दोहन यिनै दोहनहरुमा ती जीवनको सच्चाई र उचाई देखिरहेको भ्रममा छन् खासमा ती अँध्यारो र सातलतिरको पतन तिर उन्मुख भईरहेका छन्, जीवनको गीत गाउने नाउँमा मृत्यको गीतगाएर नाच्ने यो काँग्रेस प्रवृतिले उसको जीवनको अचेतन अवस्थाको डरलाग्दो चित्र देखाईरहेको छ यस्तो अचेतन विचारले चलाउने राज्य शक्तिक ति लोकतान्त्रिक र सभ्य हुन्छ, शेबदा भन्नु काँग्रेस र काँग्रेस भन्नु शेबदा हैन भने काँग्रेससँग विद्रोह गर्नु या आत्मसमर्पण गर्नुको विकल्प के होला ? चेतनाभया !