बागलुङ, १८ माघ– सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुको आर्थिक ०७४÷०७५ को अर्धवार्षिक समिक्षा बागलुङ बजारमा सम्पन्न गरेको छ । संस्थाले सञ्चालन गरेका कार्यहरुको प्रगती समिक्षा गर्दै कार्यक्रममा देखिएका सवल पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरु, वित्तीय व्यवस्थापनलाई सदृढिकरण, बचत संकलन, ऋण लगानी, सामाजिक कार्य लगाएतका विषयमा छलफल गरी संस्थाका कार्यक्रमलाई अझ थप सवलीकरण, सुदृढिकरण र प्रभावकारी बनाउन एवं आगामि अर्धवार्षिकका लागि कार्ययोजना निर्माणका लागि संस्थाका सञ्चालक समिति, उपसमिति, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति र कर्मचारीहरुको संयूक्त उपस्थितीमा अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको हो ।
गोष्ठिको उद्घाटन गद संस्थाका सल्लाहाकार वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेलले सहकारी मार्फत जिल्लाको आर्थिक समृद्धिमा सिवाईसीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले चालु आर्थिक वर्षमा ल्याईएका कार्यक्रम तथा नीतिगत प्रयासहरु कार्यान्वयन गर्नका लागि गोष्ठिको आयोजना गरिएको बताए । पौडेलले संस्थाले आर्थिक वर्षका लागि तर्जुमा गरेका लक्ष्य तथा कार्ययोजनाहरुलाई कार्यान्वयन गर्दै संस्थाको लक्ष्य तथा वित्तीय अवस्थालाई अझ धैरै मजबुत गराउनका लागि प्रभावकारी रुपमा कार्य गर्न सबैलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहाकार देववहादुर श्रेष्ठ, वद्रीप्रसाद पौडेल, ऋण समिति सदस्य हरिदत्त आचार्य, सदस्य सेवाकेन्द्रहरु तित्याङको तर्फवाट संयोजक कुमारप्रसाद उपाध्याय, विहुँको तर्फवाट संयोजक चुडामणी कँडेल, हटियाको तर्फवाट संयोजक रामवहादुर खत्री, बुर्तिवाङको तर्फवाट सह संयोजक कृष्ण के.सी., कुश्मिसेराको तर्फवाट संयोजक कृष्णप्रसाद रिजाल, बाटाकाचौरको तर्फवाट सह संयोजक दिपक न्यौपाने, खर्वाङको तर्फवाट सचिव हरिशचन्द्र खरेलले मन्तव्य राखेका थिए ।
गोष्ठिमा सदस्य सेवाकेन्द्रका प्रमुखहरुले आ–आफ्नो केन्द्रले ६ महिनामा गरेको प्रगती र आगामी ६ महिनाको कार्ययोजना समेत प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, प्रशासन प्रमुख अनीता घिमिरेको स्वागत र प्रवन्धक नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।