पोखरा, १७ माघ – ‘मनोज पुनको मान्छे हुँ’ भन्दै सांसद विन्दुकुमार थापालाई ज्यान मार्ने धम्की दिने ४ जना पक्राउ परेका छन् । कास्की क्षेत्र नम्बर २ (ख) काबाट निर्वाचित उद्योगीसमेत रहेका थापालाई धम्की तथा ज्यान बन्धक गर्ने बताउँदै आएका स्याङ्जा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई पक्राउ परेका हो ।
उनीहरुले थापासँग २ करोड रुपैयाँ माग गर्दै विभिन्न नम्बरबाट फोन गरेर धम्क्याउँदै आएका थिए । थापाले सुरक्षा माग गर्दै १ महिना अघि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही समूहले उद्योगी कालु गुरुङसँगसमेत १० करोड रुपैयाँमा माग गर्दै आएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अपहरण तथा शरीर बन्धक उद्योग अन्तरगत मुद्दामा दर्ता गरी बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । आफूलाई पुस १५ गतेदेखि निरन्तर धम्की आइरहेको थापाले बताए । प्रहरीका अनुसार पक्राउहरुले बुटवलको घटना दोहोरिएला भनेर व्यवासायीहरुलाई धम्क्याउने गरेका थिए ।
घटनाबारे थप अनुसन्धान चलिरहेकाले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कास्की प्रहरीका प्रमुख अशोक सिंहले जानकारी दिए । घटनामा संलग्न अरु तीनजनाको भने नाम भने खुलाइएको छैन ।
Previous Article१७ माघ २०७४, ढोरपाटन दैनिक
Next Article ‘स्वराजको भ्रमणले ओलीको होइन, मोदीको यात्रा तय’