तारानाथ आचार्य
देशमा नयाँ संबिधान जारी भएसँगै संबिधानका बिभिन्न धारा उप–धाराहरुमा टेकेर यतिबेला संबिधानको व्यवस्था अनुसारनै देशका तीनै तहको निर्वाचन सम्पन्न भैसकेका छन् । स्थानिय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकार गठनको लागि आवस्यक जनप्रतिनिधिको छनौट नेपाली जनताले गरिसके छन् । २ सय ४० बर्षको जहाँनिय शासनको अन्त्यसँगै २०६४ र २०७० सालमा भएका संबिधानसभाको निर्वाचन पस्चात नेपाली जनमानसको महत्वपुर्ण चाहना भएको देश छोडेर श्रम बजारको खोजीमा बिदेशिने युवाहरुलाई देशमा नै रोजगारीको वातावरण बनोस् भन्ने नै हो । देशमा लामो समय रहेको आन्तरिक द्धन्दको अवस्था, शान्ति प्रकृयामा आईसके पछिको संक्रमणको अवस्थाका कारण देशमा भएका सामान्य रोजगारीका अवसरहरु समेत गुमेकाले लाखौं तातो रगत बोकका श्रमजिवी युवाहरु आजपनि अमिलो मन लगाउँदै बैदेशिक यात्रामा निस्की रहेका छन् । जबसम्म देशमा राजनीतिक स्थिरता र स्थिर सरकार बनेर विकासका कामहरु अगाडि बढ्न सक्दैनन् तबसम्म रोजगारीका अवसरहरु सिर्जना हुने कुराको कल्पानासम्म पनि गर्न सकिंदैन् ।
अर्को कुरा स्वरोजगारीका अवसरमा समेत देशको राजनीतिले ठुलो महत्व राखेको हुन्छ । हामीसँग प्रशस्त संभावना छन् । आयातमुखी हाम्रो बजारमा हाम्रो माटो सिंचेर उत्पादन गर्दै निर्यातको वातावरण हामी सिर्जना गर्न सक्छौं तर यसका लागी सरकारको नीति तथा सहयोग आमनागरिकका लागि अपरिहार्य छ । ठेकेदारी प्रथा तथा नाताबाद र कृपाबादका कारण थलिएका नेपालका हरेक क्षेत्रमा सुधार गर्नु र नयाँ तथा आधुनिक तरिकाबाट हरेक क्षेत्रको विकासमा कदम चाल्नु अहिलेको प्रमुख आवश्यकता हो । आज नेपाली युवा नगन्य रुपमा बाहेक बैदेशिक श्रम बजारमा निकै सस्तो मुल्यमा आफ्नो श्रम बेचिरहेका छन् । देशमा लगानीको वातावरण नहुनु र लगानी सुरक्षित समेत नहुने भएका कारण नै सस्तो मुल्यको बैदेशिक श्रम बजारमा समेत नेपाली युवाहरुले निकै महंगो लगानी गरिरहेका छन् । विश्व बजारमा बढ्दै गएको बस्तुको मुल्य र नेपालको उत्पादनमा दिनदिनै आईरहेको गिरावटका कारण दैनिक जिवनका आधारभुत आवश्यकता पुरा गर्नका लागि समेत युवापंक्ति बैदेशिक श्रम बजारको शरणमा जान बिबश छ । यो अवस्था कहिलेसम्म । देशमा ठुला परिवर्तनहरु भए । देश राजतन्त्रात्मक ब्यबस्थाबाट लोकतान्त्रिक गणतन्त्रमा प्रबेश ग¥यो तर किन परिवर्तन भएन देशको अवस्था ? राजनीतिमा दुरदर्शीता नहुनाका कारण देशमा भएका परिवर्तनहरुले आम सर्बसाधारणले महसुस गर्ने खालको परिवर्तनको स्वाद दिन नसकेको कुरा जगजाहेर छ । यि र यस्ता सबै खालका समस्या देशको राजनीतिका कारण भैरहेको थाहा हुँदा–हुँदै पनि हामी देशको राजनीतिलाई त्याग गरेर अगाडि बढ्न सक्दैनौ । देशको राजनीतिलाई सुधारको बाटोमा लैजानु अहिलेको आवस्यकता हो । सधैं राज्यले केही गरेन भनेर बस्ने हाम्रो परिपाटीका कारण पनि आज हामी यि र यस्ता खालका समस्याहरु भोगीरहेका छौं ।
अहिले देशमा नयाँ बहार आएको छ । देशका तीनै तहमा जनप्रतिनिधि छनौट भएर गएका छन् । स्थानिय तहको निर्वाचन होस या प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा होस नेपालका राजनीतिक दल र दलका नेता कार्यकर्ताहरुले गरेका बाचा, खाएका कसम अब पुरा गर्नुपर्ने बेला आएको छ । तल्लो तह होस् या देशको उपल्लो तहको निर्वाचनका बेला होस् । जित्ने को होस् या हार्नेको किन नहोस् निर्वाचनका बेला पहिलो मुद्धा भनेको देशमा रोजगारीको अवसर सिर्जना गर्ने र युवाहरुको बिदेश पलायनलाई रोक्ने मुद्धा प्रुखताका साथ आएको थियो । दल तथा दलका उम्मेदवारहरुले तयार पारेका चुनावी घोषणा पत्रमा पनि यो मुद्धा प्रमुखताका साथ राखिएको छ । चुनावको बेला मतदाताको मन जित्नका लागि निकै चोटिलो रुपमा प्रस्तुत भएको युवा पलायन रोक्ने कार्यक्रम अब कुनै पनि दल वा दलका नेता तथा निर्वाचित प्रतिनिधिहरुले चुनावी नारा मात्रै थियो भनेर पन्छिन मिल्ने अवस्था छैन् । चुनावमा बेला जनताको अमुल्य मत आफ्नो पोल्टामा पार्नकै लागी वा सस्तो लोकप्रियताका लागि बनाईएको नारा मात्रै थियो भनेपनि अहिलेको अवस्थामा आम सर्बसाधारणले अब युवा पलायनको रोकथामको बिषयमा चुप लागेर बस्ने अवस्थामा छैनन् । युवा पलायन रोक्नका लागि आवश्यक रोजगारीको सिर्जना र स्वरोजगारका कार्यक्रम बनाउन अब राज्य जिम्मेबार भएर लाग्नु पर्छ । देशमा भएका स्रोत साधनहरुको अधिकतम प्रयोग गर्दै बैदेशिक प्रबिधि तथा सहयोगमा देश विकासको मुख्य खुड्किला रोजगारी सिर्जनाका लागि आवश्यक पुर्वाधार निर्माणका लागि जनप्रतिनिधिले पनि तल्लो तहदेखी उपल्लो तहसम्म जिम्मेबारपुर्ण भुमिका खेल्न आवश्यक छ । बेरोजगारीकै कारण आज गाउँमा जिउँदाको जन्ती र मर्दाको मलामी नपाई अवस्था छ । छेउछाउका टारी टुकुरा मात्रै होईन हजारौ हेक्टर खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ । श्रम गर्ने श्रमिकको देशमा अभाव हुन थालेको छ । बृद्ध बृद्धा तथा बालबालिका बिरामी हुँदा अस्पताल तथा स्वास्थय संस्थामा पु¥याउने मान्छेको अभाव हुन थालेको छ । यो दर्दनाक अवस्थालाई मध्यनजर गरेर अहिलेको पहिलो आवस्यकताको रुपमा बैदेशिक रोजगारीमा जानेहरुको ब्यबस्थापन गर्दै देशमानै बसेर देशको विकासका लागि केही गर्न सक्ने वातावरण बनाउन ढिला गर्नु हुँदैन् ।
श्रम शक्ति भएका युवाको बिदेश पलायनले उल्लेखित समस्या मात्रै निम्तिएका छैनन् । देश विकासको मेरुदण्ड नै बाहिरीए पछि देशका हरेक क्षेत्रमा समस्याहरु पैदा हुँदै गएको वर्तमान अवस्था छ । युवाहरु रहरले होईन बाध्यताले बिदेशिएका छन् । श्रम गर्ने ठाउँ र श्रमको मुल्यको अभावमा आज नेपााली युवालाई बिदेश लखेटीएको छ । लामो संक्रमणको अन्त्य भएको छ । आशा छ देशमा अब स्थिर सरकार बन्ला, देश बिकासको स्पष्ट खाका ल्याउला र ५ बर्षको कार्यकाल एउटै सरकारले चलाउला । यदि यो अवस्था आयो भने देशको मुहार फेर्न समय नलाग्न सक्छ । समयको माग र देशको परिस्थितीलाई मध्यनजर गरेर बैदेशिक यात्रामा रहेका युवाहरुलाई रोक्न राज्य जिम्मेबार होस् । हाल बिदेशको बजारमा श्रम बेचिरहेका युवाहरु समेत आफ्नो निशिचत समय पुरा गरेर नेपाल फर्केपछि उनीहरुलाई पुनः शुभयात्रा भनेर बिदाई गर्नुपर्ने वातावरणको अन्त्य होस् । यसैमा देश र नरेशको भलो हुने छ ।