कृष्ण प्रसाद शर्मा
जसरी हरेक बाबुआमालाई आफ्नो छोराछोरी जस्तो असल र प्यारो कसैको लाग्दैन त्यसैगरी देश सानो या ठूलो जे भए पनि त्यो देशका नागरिकलाई माया अवश्य हुन्छ । त्यो देशको नागरिकता अझ प्यारो हुन्छ । त्यो कति प्यारो हुन्छ भुटानबाट शरणार्थी भएर आएक नेपालीको मनमै छ । आज भन्दा झण्डै दश बर्ष पहिले समाजसेवी उपेन्द्र महतोले एउटा कार्यक्रममा आँफु नेपाली पासपोर्ट बोकेकै कारण विदेशी अध्यागमनमा हेपिएको सुनाउँदै थिए । त्यसपछि पनि बेला मौकामा ठूला बढाका यस्ता गुनासा सुनिन्छ । भर्खर केही दिन अगाडी मात्रै डा.बाबुराम भट्टराईलाई हङकङको अध्यागमनले एक घण्टा केरकारमा लागी राखे पछि सामाजिक संजाल, अनलाईन देखी ठूलै छापामा समेत लेख नै लेखेर पीडा महसुस भएको पोखे । त्यस्तै पीडाका थुप्रै उदाहरण दिएर डा. रामेश कोइरालाले पनि आफ्नो तितो अनुभव लेखेका छन् । हुन त कति गुमनाम नेपालीहरूले विदेशी अध्यागमनमा यो पीडा पाउँछन् होला जो स्वदेशमा नेताहरूले गरेको भाकल पुरा गर्न बिदेशमा बेलाबेलामा बली चढ्न जाँदा कष्ट पाएकै छन् ।
विश्वका झण्डै दुई सय देशहरू छन् केही दर्जन देशबाहेक हामीलाई याद छैन । मुलुक सानो हुँदैमा कसैले नचिन्ने भन्ने पनि होईन कि हाम्रो देशभन्दा धेरै सानो क्षेत्रफल भएका देशहरूको नाम पनि धेरैलाई याद छभने विकासोन्मुख देशको सूचीमा परेको देश विश्वलाई राम्रो सँग याद छ । हाम्रो देशलाई धेरैले चिन्दैनन् त्यसैले पनि कसैलाई देशको अवस्थिति बताउन पर्दा भारत वा चीनमध्ये कुनै एक देशको सिमाना जोडिएको भनेर चिनाउन बाध्य छौं । सगरमाथा, लुम्बीनी एवं अरू जे–जती महत्वपुर्ण कुराहरू भएपनि देशको बदनामी गनेहरूकै कारण यी सबै कुरा खोप्पाका देउता बनेका छन् । सगरमाथा चीनमा पर्छ भन्ने किताबदेखी लुम्बिनी भारतमा पर्छ भन्ने किताब अझै विदेशका थुप्रै प्रकाशन गृहमा छन् । पासपोर्टको रङ र देशको आकारले यो स्थिती आएको होईन की हामी र हाम्रो नेतृत्वले यो देशलाई चिनाउन के गरेका छौ र ताकी हाम्रो देशको नाम र पासपोर्ट सुन्दैमा धाप मारेर पठाओस् । नेपालीले विश्वमा आफ्नो पहिचान छोडेको एउटा क्षेत्र हो गोर्खा सेना भर्ती हो । यस बाहेक नेपाली जनताले विश्वमा जहाँजहाँ पुगेका छन् त्यहाँ काममा ईमान्दारीता देखाएकै छन् । परिबन्दले बाहेक देशकै बदनाम हुने काम कुनै गुमनाम नेपालीले गरे जस्तो लाग्दैन बरु तिनिहरूले नै गरेका छन् जो उच्च पदस्थका रुपमा राजनीतिक देखी कुटनीतिक क्षेत्रमा आवद्ध छन् ।
नेपाली पासपोर्ट बोकेका नेपालीलाई जस्तै फिलिपिनोहरूलाई पनि हेला गर्ने गरेको पढ्न पाईन्छ । समस्या नेपाली पासपोर्टको रङ र मान्छेको रङमा होईन कि हामी नेपालीले विदेश नागरिकका मनमा छाडेको रङले सबै काम गरेको छ । जुन रङधारी मान्छेको मनमा जब हरियो रङको पासपोर्ट हात पर्छ अनि मनको रङ त्यो पासपोर्टको रङ मिसिएर अपमानित हुने गरी व्यवहार गर्दछन् । सिदार्थ सर्कारले सम्पादन गरेको “ईन्टरनेश्नल जर्नल अफ अफ्रो एशियन स्टडिज’’ नामक जर्नलमा भारत सगँको खुला सिमानाले गर्दा हाम्रो देशको पासपोर्टको बदमासीपुर्ण प्रयोग बढेर विदेशमा नेपाली पासपोर्टलाई हेनेकक दृष्टिकोण बक्र रहेको पनि आभासपुर्ण भनाई छ ! यसका अलवा हाम्रै कारण हामी बदनामी पनि छौं ।
सन् २०१४ मा सि.वि.आईको रिपोर्ट अनुसार नेपाली पासपोर्टको प्रयोग गरेर बगंलादेशीहरू खाडी मुलुकमा काम गर्ने गरेको उल्लेख थियो । त्यसरी नेपाली पासपोर्ट कसरी त्यहाँ पुगे र त्यसको लेनदेनमा कुनै अमुक नेताका नातेदारहरूको संलग्नता समेत आशंका गरिएको थियो पछि नेपाल टेलिकमलाई रित्ताउने गरी भिविआईपी संचालकहरूमा तिनै पासपोर्टधारीहरू रहेको देखिएको थियो । अब भन्नुस् हाम्रो पासपोर्ट देख्दा विदेशीले कसरी धाप मारुन । केही बर्ष पहिला तीन जना सभासद् जसले नेपालको कुटनैतिक पासपोर्ट नै बेचेर त्यही पासपोर्टमा अरू विदेश पुगेको समाचार आएको थियो । अब सोच्नुस् त नेपाली पासपोर्टले सम्मान कसरी पाउँछ । देशलाई कुटनीतिक तवरले विश्व सामु चिनाउन र सम्बन्ध सुमधुर बनाउन भनेर पठाएका राजदूतहरू नै जब पासपोर्ट फालेर शरणार्थी भएको भनी हात ठडाएपछि अध्यागनको सूचीमा नाम दर्ज हुन्छ । अनि के त्यो देशमा नेपाली पासपोर्ट देख्दा दायाँ र बाँयाको एक लाईनमा उभाउँदा किन आश्चार्य मान्नु पर्यो र । सामान्य कुटनैतिक मर्यादा समेत पालना नगरी हिड्दा समेत अनावश्यक रुपमा हाम्रो पासपोर्टको बारे खबरहरू छापिरहन्छन् । दुई हप्ता अगाडी एक जना नेता कामरेड क्यानडाको भ्रमणमा जाँदा पासपोर्ट नै शंकास्पद भएपछि अध्यागमनमा कालोनिलो भएको सुन्नमा आयो ।
गत बर्ष उपचार गराउन हङकङ पुगेका एक उच्च पदस्थलाई त्यहाँको अध्यागमनले दुई चार घण्टा राख्यो भनेर पढ्न पाईयो कतिलाई त बाह्र पन्ध्र घण्टा समेत राखेको खबर आउँछ तर बिना भिसा प्रवेश गर्न खोजेपछि अनि के नेपाली पासपोर्टको दोष हुन्छ कि बलजफ्ती पस्न खोज्नेहरूको । सांसद, कलाकार, पत्रकार, खेलाडीदेखी कुटनितिज्ञहरू समेत विभिन्न देशको अध्यागमन पार गरे पछि लापता भएका खबर हाम्रा लागि नौला नभए पनि त्यसरी भाग्नेको नाम साथै तिनीहरूको पासपोर्टमा उल्लेखित राष्ट्रियतामा त नेपाली लेखेको हुन्छ नै । देशमा शान्ती स्थापनाका लागी भनेर विश्व साईकल यात्रामा हिडेका कति जना नेपाल फर्केका छन् तपाई हामीलाई थाहै छ । सबै पुस्कार शाह जस्ता छैन पनि । हो देशमा रोजगारीको समस्या छ तर देशको झण्डा देखाएर विदेश पसेका ति अध्यागमनको सूचीमा छैनन होला त ? अगुल्टाले हानेको कुकुर बिजुलीदेखी तर्से झै नेपाली पासपोर्टधारीलाई तिमी पक्का स्वदेश फर्कने हो ? भनेर सोध्दा हामी आफु ठीक भएका कारण अपमान महसुस गरेपनि हरियो घाँसमा लुकेका सर्पले गर्दा हामी डसिएका मात्र हौ । चाल्र्स शोभराजले भनेझै नेपाली अध्यागमनबाट हात्ती पनि छिराउन सकिन्छ भन्ने उक्ती यदि विदेशका अध्यागमनमा पुग्दा सम्झना रही रहोभने पक्कै त्यहाँ गाह्रो हुन सक्छ ।
हाम्रो पासपोर्टको ईज्जत हामी आँफैले दिन नसकेका कारण हामी अरूले वेईजत गरे भनिरहेका छौ । जबसम्म देश भित्र कानुनको शासन भएको महसुस हुँदैन तबसम्म विदेशका अध्यागमनमा नियमसम्वत गरेका काममा पनि हाम्रो स्वभीमान गिरेको पाउँदछौ । हाम्रो देशै नचिने पनि भारत र अमेरीकाका पत्रिकाहरूमा हाम्रो देशबारे समाचार दैनिक छापिन्छन् ! नेपालका यस्ता समाचारहरू मध्ये बेलाबेलामा छापिने समाचार हुन नेपाल लागुपदार्थ ओसार–पसारको लागी ट्रान्जिट पईन्ट हो, विभिन्न देशका अवैध मुद्रा सहित त्रिभुवन विमान स्थलमा पक्राउ, अधिक मानव तस्कार गर्न देशहरूमा नेपाल पनि, स्मरण रहोस् नेपाल विश्वका दश उच्च मानव तस्कर हुने देशको सूचीको सातौं स्थानमा पर्दछ । यस्ता खबरहरूले ति देशका अध्यागमनका कर्मचारीको मनमा र त्यहाँका सिस्टममा हाम्रो देशको नाम दर्ज भएका हुन्छन् । अनि नेपाली पासपोर्ट देखेपछि स्वभावैले केरकार हुन्छ नै तर देशलाई शक्तिहीन बनाएपछि मानव तस्कर कै सूचीमा परे पनि चिनियालाई भने हामी सरह केरकार हुन्न र त बेलायत र अमेरीकामा चीनका उच्च पदस्थलाई राजकीय स्वागत हुन्छ तर पछि मानव अधिकारको उलङगन गनेर्क देश भनेर उजुरी पनि गर्दछन् ।
विदेशमा सुरक्षाका दृष्ट्रिकोणले हरेक अध्यागमनमा विशेष सुरक्षा जाँच एवं वेला मौकामा रेन्डम चेक गरेका हुन्छन् । त्यहाँ नेपाली पनि पर्न सक्छ वा अरू देशको पनि पर्न सक्छ तर शंकाको सूचीमा रहेको देश छभने बढी सोध्छ नै तर यो हाम्रो नेतृत्व र उच्च पदस्थका गतिविधीले गर्दा भएको कुरा हामी अपमानित हुनु पर्दका त्यहाँको अध्यागमनलाई होईन नेपालका सत्ताका खेलाडीहरूलाई सम्झनु पर्दछ ।