काठमाडौँ, १५ माघ – उम्मेदवारी फिर्ता लिने समय सकिएपछि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सोमबार २ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय दिएकोमा ६ उम्मेदवारले मात्र फिर्ता लिएका छन्। एक जनाको उम्मेदवारी रद्द भएको आयोगले जनाएको छ।
आयोगले सोमबार फाइनल उम्मेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरेको छ। आयोगका अनुसार प्रदेश दुईमा सबै ८ जना निर्विरोध निर्वाचित भएकाले त्यहाँ चुनाब हुने छैन। प्रदेश १ मा ६ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ।
प्रदेश तीन र प्रदेश ६ का सबै ८ पदमा निर्वाचन हुने भएको छ। २४ पदमा निर्विरोध भएपछि अब ३२ पदका लागि ५२ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय सभामा ७ प्रदेशबाट ५६ जना निर्वाचित हुने व्यवस्था छ।
राष्ट्रियसभामा २४ निर्विरोध, ३२ सिटमा ५२ प्रतिस्पर्धी
Previous Articleचुडामणि शर्माविरूद्ध चार करोडको भ्रष्टाचार मुद्दा
Next Article सीआइबीद्वारा २० विदेशी ‘नक्कली डाक्टर’ पक्राउ