बागलुङ, १५ माघ– बागलुङ नगरपालिकाको आयोजनामा आयोजना हुने प्रथम मेयरकप फुटबलको कप, मेडल र टिशर्ट सार्वजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरेर आईतवार मेयरकपको अन्तिम तयारी बारे जानकारी गराउँदै सार्वजनिकीकरण पनि गरेको हो । शहिद दिवशको दिन पारेर नगरपालिकाले मेयरकप गर्न लागेको हो ।
आगामी माघ १७ देखि २१ गतेसम्म हुने मेयरकप फुटबल प्रतियोगितामा प्रदेश नम्बर ४ का ११ नगरपालिकाले भाग लिने बताइएको छ । प्रतियोगितामा बागलुङ र गलकोट नगरसहित पोखरा लेखनाथ महानगरपालिका, व्यास नगरपािलका, वालिङ नगरपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका, देवचुली नगरपालिका, गैडाकोट नगरपालिका, कुश्मा नगरपालिका र बेनी नगरपालिका सहभागि हुने भएका हुन् । प्रतियोगिता सदरमुकामस्थित बाङ्गेचउर र पर्यटकीय गाउँ भकुण्डेमा खेलाईने भएको हो । खेलकुँदका लागि आउने दर्शकलाई पर्यटकको रुपमा भित्राउन सजिलो होस् भनेर भकुण्डेमा पनि खेल आयोजना गरिएको नगर प्रमुख जनकराज पौडेलले बताए । पहिलो मेयर कपकालागि नगरसभाले १५ लाख रुपैयाँ बजेट समेत बिनियोजन गरेको थियो ।
यो अभियानमा जिल्ला खेलकुँद विकास समितिले पनि सघाउने भएको छ । विशेषगरी व्यवस्थापकीय जिम्मा समितिले लिम्मा लिएको हो । फुटबलमा प्रथम हुनेलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै दोश्रो हुने टिमलाई १ ला ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राखिएको छ । प्रतियोगिताको अवसरमा बांगेचउरमा शौचालयको व्यवस्था पनि गरिएको छ ।
Previous Article२०७४ माघ १५ सोमबार को राशिफल
Next Article फेसबुक सहायतामा बन्यो नमुना घर