आइपीएल खेल्ने पहिलो नेपाली
बागलुङ, १४ माघ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई दिल्लीडेयर डेभिल्सले अनुबन्धीत गरेको छ। भारतको बेङलोरमा जारी आइपिएलको अक्सनमा सन्दिपलाई दिल्लीले २० लाखमा किनेको हो । आइपिएल क्लब क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता हो।
सन्दिप आइपिएलमा पर्ने पहिलो नेपाली क्रिकेटर हुन् । आईपीएलको अक्सनमा सहभागी हुने ५ सय ७८ खेलाडीको नामावाली सार्वजनिक हुदा सन्दिप २ सय ७६ नम्बरमा परेका थिए। सन्दिपको मुल्य २० लाख भारतीय रुपैया राखिएको थियो।
Previous Articleराष्ट्रिय सभाका लागि २ नम्बर प्रदेशबाट सबै सांसद निर्विरोध
Next Article १५ माघ २०७४, ढोरपाटन दैनिक