बागलुङ, १४ माघ – राष्ट्रिय सभाका लागि २ नम्बर प्रदेशबाट सबै सांसद निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्यका लागि संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै सबै निर्विरोध निर्वाचित भएका हुन् । हुसेनले खुल्ला सदस्यबाट उम्मेदवारी दिएका थिए ।
उनको उम्मेदवारी फिर्तासँगै २ नम्बर प्रदेशका ८ जना सांसद निर्विरोध निर्वाचित भएका हुन् । प्रत्येक प्रदेशबाट ३-३ जना महिला र खुल्ला, १-१ जना दलित र अल्पसंख्यक अथवा अपांगता भएका गरी ८ जनाका दरले राष्ट्रियसभा सांसद बन्ने संबैधानिक प्रावधान रहेको छ ।
निर्विरोध हुनेहरु :
खुल्ला सदस्य
कांग्रेसका जितेन्द्र देव, राजपाका रमेशप्रसाद यादव र एमालेका सुमनराज प्याकुरेल
महिला सदस्य
माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला कुमारी
अल्पसंख्यक सदस्य
राजपाका वृषेशचन्द्र लाल
दलित सदस्य
फोरमका रामप्रित पासवान