काठमाडौं, १३ माघ – सरकारले शुक्रबार थप एक सय ७७ कर्मचारी प्रदेशमा खटाएको छ। सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १४ सहसचिव, २१ उपसचिव, ४२ अधिकृत र सय सुब्बा-खरदार तहका कर्मचारीलाई प्रदेशको काममा खटाएको हो। यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि सहसचिवदेखि कम्प्युटर अधिकृतसम्मका ९७ कर्मचारीलाई खटाएको थियो।
प्रदेश संरचना सञ्चालनका लागि कम्तीमा पाँच हजार कर्मचारी पठाउनुपर्ने सरकारको आन्तरिक तयारी छ। अहिलेसम्म दुई चरणमा दुई सय ७४ कर्मचारी प्रदेश कार्यालयमा पुगेका छन्। दोस्रो चरणमा सातवटै मुख्यमन्त्रीको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि सहसचिवदेखि सुब्बा-खरदारसम्मका कर्मचारी पठाएको हो। त्यस्तै, संसद् सचिवालयले प्रदेश सभा सञ्चालनका लागि हरेक प्रदेशमा सहसचिव, उपसचिव, अधिकृतसहित चारजनाका दरले २८ जना कर्मचारी खटाइसकेको छ। उनीहरू सबै प्रशासन समूहतर्फका हुन्।बिहीबार सचिवको जिम्मा दिएर खटाइएका सहसचिव
मुख्यमन्त्रीको कार्यालय
सन्तोष श्रेष्ठ : प्रदेश १
हरि फुँयाल : प्रदेश २
रमेशप्रसाद सिवाकोटी : प्रदेश ३
लालमणि ओझा : प्रदेश ४
जितेन्द्र काफ्ले : प्रदेश ५
यज्ञराज बोहरा : प्रदेश ६
प्रदीपराज कँडेल : प्रदेश ७
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटिने
यज्ञबहादुर खत्री : प्रदेश १
देवीराम भण्डारी : प्रदेश २
बलदेवप्रसाद जोशी : प्रदेश ३
फणीन्द्रमणि पोखरेल : प्रदेश ४
प्रेमप्रसाद भट्टराई : प्रदेश ५
केशवराज आचार्य : प्रदेश ६
पीताम्बर घिमिरे : प्रदेश ७
Previous Articleकामचलाउ सरकारका मन्त्रीको खल्तीमा सहिदकाे सूची
Next Article नर्सको पीडा : चम्किलो कोट, मलिन चेहरा