बागलुङ, १२ माघ– हालै नियुक्त भएका धौलागिरी अञ्चल अस्पतालका अध्यक्ष रामजीप्रसाद सुवेदीलाई बिहिवार अस्पताल प्रशासनले स्वागत तथा पदस्थापन गराएको छ । गत पुस ३० गतेको मन्त्री स्तरीय निर्णयबाट सुवेदी धौलागिरी अञ्चल बिकास समितिको अध्यक्ष नियुक्त भएका थिए । उक्त अवसरमा पदभार ग्रहण गर्दै सुवेदीले अस्पतालमा भैरहेका कामलाई निरन्तरता दिने र अपुरा काम पुरा गर्ने प्रतिवद्धता जनाए ।
उनले बन्द भएको डायलाएसिस सेवा संचालन गर्न पहल गर्ने तथा सरसफाईमा ध्यान दिने बताए । अस्पतालले सरसफाईमा ध्यान नदिएकोले धेरै जनताको विश्वास घटेको भन्दै उनले तत्कालै सरसफाईमा काम थाल्ने बताएका हुन् । साथै उनले अस्पतालमा स्थापना हुने भनिएको हरि खड्का ट्रमा सेन्टर संचालन गर्ने पनि बताए । स्वागत गर्दै मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले जनताको वास्तविक आवस्यकतालाई केन्द्रीय र स्थानीय सरकार सम्म पु¥याएर काम चुस्त बन्ने वातावरण मिलाईदिन आग्रह गरेका थिए । आवस्यक समन्वय भएमा प्रशासनले काम गर्न सक्ने उनको धाराण थियो । अस्पतालका मेडिकल र प्रशासनका सबै कर्मचारीले उनलाई स्वागत गरेका थिए । यस अघिका अध्यक्ष मञ्जेसबम मल्लले राजिनामा दिएपछि अस्पतालको अध्यक्ष पद खाली थियो । कार्यक्रमको संचालन प्रशासन शाखाका नायबसुब्बा मदन अर्यालले गरेका थिए ।
Previous Articleदेउवा सरकारको ‘जथाभावी’ नियुक्ति र दूरगामी निर्णय
Next Article मेयर कप फुटबलको तयारी तीव्र गतिमा