बागलुङ, १२ माघ – सौगात मल्ल र कर्मा स्टारर चलचित्र ‘पञ्चेबाजा’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौँको क्युज हलमा बुधबार ‘पञ्चेबाजा’को ट्रेलर सार्वजनिक गरिएको छ।फिल्ल मा कमेडी एक्सन लभ तथा बदलाको कथालाई प्रमुखतका साथ प्रस्तुत गरिएको कुरा ट्रेलरमा देखाइएको छ। ग्रामीण परिवेशको कथामा साथीभाइ बीचमा हुने षड्यन्त्रलाई प्रस्तुत गर्दै त्यसका कारण एउटा परिवारले भौग्नु परेको पीडिालाई चलचित्रमा देखाइएको छ।
कर्मा, सौगात मल्ल, स्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, आदिको प्रमुख भूमिका रहेको चलचित्र पञ्चेबाजको ट्रेलरमा पनि यिनै कलाकारलाई प्रस्तुत गरिएको छ। फागुन ११ प्रदर्शन मिति तोकिएको पञ्चेवाजाको निर्देशन घनश्याम लामिछानेले गरेका छन्। लामिछानेले यसअघि ‘धौली’को निर्देशन गरिसकेका छन्। न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘पञ्चेबाजा’को निर्माता राजेश शाही हुन्। यसमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदीप भारद्वाजको लेखन र हरि घले लामाको छायांकन छ।
Previous Articleउत्तर र दक्षिण कोरियाबीच शान्तिको आशा
Next Article सीप सिक्नै चाहँदैनन् बिदेसिने कामदार