प्रकाश जिसी
जब मानिस जन्मन्छ
तब कोमल र प्रिय् हुन्छ
तर जब मर्छ तब दर्हो,
कडा र गनाउदै जानी हुन्छ।
कोमल र प्रियको बास
सबैको काखामा हुन्छ
मुर्दाको बास जलाईन
वा गाडिनका निम्ति
सके खोलाको तिर
नत्र पाखामा हुन्छ।
बाचुन्जेलसम्म बच्चा ,
जवान, बृद्ध जस्तै भएपनी
परिवार सबैको
मेरो राजा- मेरो रानी हुन्छ ।
मरेपछि फाल्नैपर्ने
सबैको एउटै कहानी हुन्छ
मरेको लास बच्चाले नछुने
तर भर्खर जन्मेको बच्चालाई
मर्नै लागेको तर जिउँदोले
दिएको आशिर्वाद पनि
भविष्यको निम्ति निशानी हुन्छ।
(अब बिचार गरौ कि
शरीरमा होइन तर विवेकमा )-२
हामी जिउदा छौ कि मुर्दा ??
शरीरमा बाचिरहेकाहरुले
हाम्रो शरीर मरेर
मलामि जादा भन्ने के हुन
हामिलाइ जलाउदा वा पुर्दा ??
समवेदनामा
हाम्रा भविस्यका सन्ततिलाई कुर्दा
हाम्रा सन्ततीले जिवनका
निम्ति तिनकै अगाडि पछाडी
जनतन दगुर्दा
बिचार गर्नुपर्छ अहिल्यै
कति सार्हो दुख्ला हाम्रा सन्ततिलाई
हाम्रा कारणले
अरुले बचनका बाणले भकुर्दा -२