भरत बागलुङे
माक्र्सवादका आधारभूत मुल्यहरुमा सर्वहारावादी साँस्कृतिक दृष्टिकोण पार्टी र नेता कार्यकर्ता निर्माणमा सबै भन्दा महत्वपूर्ण कडी हो । यतिखेर हामी दुई ठूला कम्युनिष्ट पार्टीको पार्टी एकताको बहसमा छौँ यद्यपी त्यो बहस जुन गति र उचाईमा उठ्नु पर्ने हो उठ्न सकिरहेको देखिदैन । माओवादी केन्द्र भित्र आहुती बाहेक अरु कुनै नेता या कार्यकर्ताले प्रश्न गर्न सकिरहेका देखिदैनन् की विशाल कम्युनिष्ट पार्टीको निर्माणका आधारहरु, त्यसले लिने राजनीतिक लाइन र माक्र्सवादका आधारभूत मुल्यहरुको स्थान कुन हुने ? पार्टी एकता केवल सत्तामा चढ्ने माध्यम हुने की मुलुक र मुलुकवासी सीमान्त नागरिकको वृहत्तर हितमा माक्र्सवाद सम्मत हुने ? यो प्रश्न मौजुदा एमाले गण र माओवादी गणमा बहस हुन नसक्नुले अब बन्ने कम्युनिष्ट पार्टी केवल सत्ता प्राप्तिको उत्कठ तृष्णाले जुटाएका दुई नेताहरुको फ्युजन मात्र हो भन्ने प्रशस्त आधारहरु देखिन्छन् ।
हामीले निर्माण गर्ने विशाल कम्युनिष्ट पार्टीको जगमा सर्वहारा विश्व दृष्टिकोण, वर्ग संघर्ष, बल प्रयोगको सिद्धान्त, पार्टीमा सर्वहारा अधिनायकत्व, जनवादी केन्द्रियता, पार्टी नेतृत्वमा सर्वहारावादी जीवनशैली, सर्वहारा अन्तराष्ट्रियता र सर्वहारा साँस्कृतिक दृष्टिकोणको को फ्युजन हुन सक्छ या सक्दैन ? यी मान्यताहरु बिनाको कम्युनिष्ट पार्टीको निर्माण विशाल मास पार्टी हो जसको आलोकमा वैज्ञानिक समाजवाद र अर्थतन्त्रको निर्माण कति सम्भव हुन्छ ? हामी बहस गर्न लालयित छौँ । माक्र्सवादका आधारभूत मुल्य मान्यता भित्र लेनिन र माओले क्रान्तिका बीचबाट निर्माण गरेका संगठनात्मक र वैचारिक दृष्टिकोण सहितको कम्युनिष्ट पार्टीको निर्माणका आधारहरुको निर्माणका लागि केन्द्रदेखि भूईँतहसम्म एउटा पनि बहस चल्न नसक्नु र कोठे बैठकका कुरा मात्र मिडियामा आउनुले प्रशस्त शंकाहरु उब्जिरहेका छन् की शीर्षस्थ नेताहरुले भर्खर सम्पन्न प्रदेश र संघको चुनावलाई आपूm अनुकुल बनाउन यो बीर बलिय खिचडी आम नेता कार्यकता र शुभेच्छुक सामु प्रर्दशन गरेका थिए जसको गर्तमा तिनले चुनाव जिते र शनैः शनैः पातला कोठे बैठकले त्यसको औचित्यहिनतालाई पुष्टि गर्नेछ र ती सत्ताको कुरुप खेलतिर पूर्ववत फर्किने छन् ।
बजारतन्त्रले माक्र्सवाद कयौं मुल्यमान्यतालाई निर्मम प्रहार गरिरहेको बेला, बढ्दो प्रविधि विकास र त्यसको मोहले धरासायी बनिरहेको नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट पुर्नगठन गर्न र बल प्रयोगको सिद्धान्तबाट नभई चुनावबाट सत्ता कब्जाको रणनीतिक योजनासहित निर्माण हुँदै गरेको दुई दलको एकताका बीचमा सर्वहारावादी साँस्कृतिक दृष्टिकोणको उचाई लिलिपुट देखिन्छ । यसले हामीले निर्माण गर्ने कम्युनिष्ट पार्टी र त्यसले तयार गर्ने नेता, कार्यकताको साँस्कृतिक चेतनाको स्तर र उचाई निर्धारण गर्नेछ जो दीर्घकालीन रुपमा नेपाली कम्युनिष्ट आन्दोलनको विसर्जनको बाटोतिरको यात्रा हुनेछ । लेनिनलाई कोड गर्ने हो भने पनि बुद्धपथतिर फर्किएर राजनैतिक थकानको बिसौनी खोजिरहेका एमाले र माओवादी केन्द्रका दुई अध्यक्षहरुले निर्माण गर्ने भनिएको समाजवाद त्यो मौजुदा मौनता र त्यसको गर्त मानिर्माण गरेको कम्युनिष्ट पार्टीले गर्न सक्ने काम हुने छैन । यतिबेला कामरेड आहुतीले जर्वजस्त उठान गरिरहेको विषय बल प्रयोगको सिद्धान्त बिना समाजवादको स्थापना गर्ने कुरो त्यो बीरबलको खिचडी हुनेछ जो माक्र्सवादको आधारभुत मान्यता सम्मत हुन सक्दैन त्यसले स्थापना गरेको समाजवादले खासमा कुन वर्गको हितमा काम गर्छ ? जब निम्न वर्ग र मजदुर किसानको जीवनको गहिराई र उचाईसम्म प्रभाव पार्ने गरी समाजवादको स्थापना गर्न सक्दैनौँ त्यो पूँजीवादी सुधारवादी समाजवाद मात्र सावित हुनेछ ।
नयाँ निर्माण हुँदै गरेको कम्युनिष्ट पार्टीको आवरण जति सफा र चिरिच्याट्ट होस त्यसको सार र गहिराई सुधारवादी पूँजीवाद नै हुनेछ यसको सफाई हामीले जति सुन्दर शब्दमा दिएपनि यत्रो विशाल र क्रान्तिकारी कामको जगमा निशेधाज्ञा लगाएर त्यसलाई पुष्टि स्वयम् अगुवाहरुबाट नै भईरहेको देखिन्छ । निशेधाज्ञाको यही आयातन भित्र एकपटक हामीले शौन्दर्यताको बहस चलाउनु पनि जरुरी छ जो सबैखाले अतिवाद र आत्मसर्मणवादी चिन्तनबाट मुक्त भएर हुनु जरुरी छ । यतिबेला सामाजिक सञ्जालमा हामी अचेतन, अर्धचेतन, आवेग र निशेधाज्ञाको शैलीमा फुरफुर र उफार उफुर गरिरहेका छौँ । पार्टीहरु बीचको एकता त्यसलाई माक्र्सवादी दृष्टिकोणबाट हामी दुवैखाले अतिवादीहरुले संश्लेषण गर्न र बुभ्mन इन्कार गरिरहेका छौँ । हामी केवल तिलस्मी समृद्धिको पछि पछि सुगा रटाई गरिरहेका छौँ की विशाल कम्युनिष्ट पार्टीको निर्माण नै समाजवाद र समृद्धिको आधार हो, र होइन यो कम्युनिष्ट आन्दोलनको विर्सजन तिरको यात्रा हो । बस कम्युनिष्ट आन्दोलनको गर्तमा दाँजेर हेर्दा एमाले–माओवादी एकता त्यस भित्र थुप्रै समस्याहरु छन्, दुई पार्टीहरुको विघटन र तिनका दृष्टिकोणहरुको धोइपखाली र शुद्धताले कम्युनिष्ट पार्टीको नयाँजन्म हुन्छ या माओवादी एमालेमा या एमाले माओवादीमा विलय हुन्छ ? प्रश्न गर्नु जरुरी छ ।
यहीँनेर सामाजिक सञ्जालमा हामी माक्र्सवादलाई छोडिरहेका छौँ र हामी मास पार्टी जो अबको चालिस वर्ष नेपालको राज्य सत्तामा बस्नेछ र त्यसले समाजवाद र समृद्धि ल्याउनेछ भन्ने तिलस्मी शब्दतिर भुलिरहेका छौँ । दोस्रो हामी नेताको व्यवस्थापनमा अल्झिरहेका छौँ चार हजार जनाको केन्द्रिय सदस्य र तीन चार सय प्रत्येक जिल्लामा जिल्ला सदस्य भएको माओवादी केन्द्रका नेताहरुको व्यवस्थापनदेखि ओलीपछिका नेतृत्वका दावेदारसम्मका समस्यामा हामी बहस गरिरहेका हुन्छौँ तर हामी पार्टीले लिने नीति र दृष्टिकोणकोबारे मौन छौँ । व्यक्तिको वरीपरी फेरी मारेर गरिने बहसले माक्र्सवादका आधारभूत मुल्यहरुको बध त गर्छ नै त्यसले समृद्धि हैन मुलुकमा विकृतिको जन्म पनि गराउनेछ । आत्मामा संगीतको ज्ञान नभएको र ढङ्ग नभएको मान्छेलाई बाँसुरी बजाउन दिएर त्यसले हामीले खोजे जस्तो राग निकाल्न सक्दैन । जबसम्म हामीले भूईँतहसम्म बहस, छलफल, अन्र्तक्रिया गरेर चीजलाई माक्र्सवाद सम्मत व्याख्या गर्न र हाम्रो र पार्टीको आन्तरिक जीवनमा प्रयोग गर्न सक्दैनौँ हामीले शब्दको जति जलप लगाए पनि हामीले निर्माण गर्ने विशाल कम्युनिष्ट पार्टी दुई कुरुप विचारहरुको फ्युजन मात्र हुनेछ जो सत्तामा बसिरहने लालसाले व्याकुल छ । जो उत्तरआधुनिक जीवनशैलीले सम्मोहित छ । जो पद प्रतिष्ठा र पैसामा जीवनको सच्याई देख्छ । जो छोराछोरी र श्रीमतीको प्रविधि मोहमा आप्mनो आस्थाको हत्यारो बनिरहेको छ । जो घर घडेरी, बैंक व्यालेन्स र गाडीको सपनामा क्रमशः विचारबाट स्खलित बनिरहेको छ तीहरु सर्वहारावादी साँस्कृतिक दृष्टिकोण विनाको कम्युनिष्ट पार्टीको निर्माणको पक्षमा सबै भन्दा अग्लो भएर चिच्याईरहेका हुन्छन् जो सर्वथा कम्युनिष्ट आन्दोलनको पतनको नयाँ अध्याय मात्र हो । चेतनाभया !