बागलुङ नगरपालिकाले बित्तिय जोखिम व्यहोर्ने गरी सम्झौता गरेपछि आगामी चैत्र महिनाको पहिलो सातादेखी बलेवा बिमान स्थलमा हवाई जहाज सञ्चालन हुने प्रायः निश्चित भैसकेको छ । १९ सिट क्षमताको तारा एयर र नेपाल एयरलायन्सको बिमानले हप्ताको दुईपटक उडान भर्ने गरी सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर जानकारी गराईसकेका छन् । उनले नेपाल नागरिक उड्ययन प्राधिकरण र नगरपालिकाको बीचमा भएको सहमती पत्र समेत सार्वजनिक गरेका छन् । पहिलो चरणको सम्झौताको काम सकिएको र जहाजलाई उडानका लागि आवश्यक प्राबिधिक तथा भौतिक संरचनाको निर्माण पश्चात एयरलायन्स कम्पनीहरुसँग उडान सम्बन्धी दोस्रो चरणको सम्झौता भएपछि बागलुङको बलेवामा जहाज उड्ने कुरा निश्चित छ । लामो समयदेखी बिभिन्न दलका नेताहरुले बलेवा बिमानस्थलको सञ्चालनका लागि पहल गरेको बताईरहे अनि सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाए ।
केही बर्ष अगाडि बलेवा कै स्थानिय दिनानाथ शर्मा शिक्षा मन्त्रि हुँदा बिमानस्थल सञ्चालन गर्ने आश्वासन मात्रै बाढेनन् जनतालाई आश्वासन दिनका लागि नेपाल एयरको जहाज चडेर बलेवा बिमानस्थलमा अवतरण गरे र भने अब बिमान नियमित चल्ने वातावरण मिलाउँछौं । त्यो मात्रै हैन जिल्लाका केही निजी संस्थाहरुले समेत बिमानस्थलको सञ्चालनका लागि पहल गरेको बताईरहे तर कसैले पनि बित्तिय जोखिम बहन गर्ने आँट गरेन् । पहाडि बिमानस्थलमा उडान भर्दा यात्रुको संख्या कम हुने भएकाले बित्तिय जोखिम बहन गर्ने सरोकारवाला नभएसम्म एयरलायन्स कम्पनीहरुले उडान नगर्ने भएकाले बिमानस्थल सञ्चालनको लागि यात्रुको ज्ञारेण्टी वा बित्तिय जोखिी बहन गर्ने निकाय चाहिन्थ्यो । त्यो जोखिम यतिबेला बागलुङ नगरपालिकाले उठाएको छ । नगरले सर्वसाधारणको हितका लागि ठुलो जोखिम उठाएको भएपनि १९ सिटको जहाजमा १५ जना यात्रु पु¥याउन कुनै ठुलो कुरा होईन तर त्यसको लागि स्थानिय तहबाट पहलकदमी चाल्नु जरुरी छ ।
पोखरा बिमानस्थलबाट काठमाण्डौको यात्रा गर्ने अधिकांश धौलागिरीका यात्रु पाईएकोले नजिकको बिमानस्थल सञ्चालन भयो भने ति यात्रु बलेवा बिमानस्थलहुँदै यात्रा गर्ने आशा गर्न सकिन्छ । जसका कारण नगरले उठाएको बित्तिय जोखिम कम गर्न मद्धत पुग्छ तर बलेवा बिमानस्थलसम्म यात्रु पुग्ने बाटोको व्यवस्थापन भने महत्वपुर्ण पाटोको रुपमा रहेको छ । बागलुङ बजारदेखी बलेवा बिमानस्थलसम्म जाने अनेकौ मार्ग छन् तर ति मार्गहरु व्यवस्थित र उपयोगी छैनन् । एसियाली बिकास बैंकको सहयोगमा निर्माण गरीएको कृषि सडक, राष्ट्रिय गौरवको योजना कालीगण्डकी कोरिडोर, कुश्मादेखी बलेवा जोडिएको यान्त्रिक पुल, कुश्माबाट कैया जोडिएको झोलुङ्गे पुल बलेवा एयरपोर्ट जाने मार्ग हुन । तर यि मार्गहरु सर्वसाधारणका लागि उपयोग गर्न उपयुक्त छैनन् । सडक सबै कच्चि भएकाले हलुका सवारी चल्दैनन् । यान्त्रिक पुलको भाडादर महंगो छभने झोलुंगेपुल दुरीले टाढा पर्छ । यदि नगरपालिकाले आफ्नो जोखिम कम गर्ने र हवाई यात्राका लागि सर्वसाधारणलाई बिमानस्थल सम्म पुग्ने वातावरण बनाउने होभने सबैभन्दा पहिले बाटोको स्तरउन्नती तथा बैकल्पिक बाटोको व्यवस्थापन गर्न जरुरी छ ।
Previous Articleसंघीयता अभ्यासः अवसर र चुनौती
Next Article २०७४ माघ १० गते बुधबारको राशिफल