तारानाथ आचार्य
बागलुङ, ८ माघ– किसानको पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय बागलुङमा पनि फष्टाउन थालेको छ । जीवन बीमा, निर्जीवन बीमा, स्वास्थ्य बीमा र पशु बीमा जस्ता कार्यक्रमहरुले बिस्तारै प्राथमीकता पाउन थालेको हो । नेपाको बीमा क्षेत्रको तथ्याङ्कलाई हेर्नेहो भने जीवन बीमा गराउनेको संख्या ८ प्रतिशत मात्रै छ भने स्वास्थ्य बीमा बाहेक अन्यमा सहभागी हुनेको संख्या नगन्य रहेको बीमा कंपनीहरुले बताउने गरेका छन् । पछिल्लो समय सरकारको अनुमति लिएर थप दश कम्पनीले बिमाको काम थालनी गरेपछि देशभर बीमा क्षेत्रमा काम गर्नेको संख्यामा बृद्धि भएको छ । साथै बीमा कार्यक्रममा सहभागीहुने हरुको संख्यामा समेत बृद्धि हुन थालेको छ । जीवन बीमा स्वास्थ्य बीमा र निर्जीवन बीमा जस्तै कृषक हरुकालागि निकै फलदायी मानिएको पशु बिमा कार्यक्रममा पनि बिस्तारै सहभागीहुने हरुको संख्या बढ्न थालेको हो ।
यो अभियानकै क्रममा बागलुङको नारायण स्थानमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले सुरु गरेको पशु बीमा कार्यक्रममा सहभागीहुने कृषकहरुको संख्या बढ्न थालेको हो । लामो समय अगाडि देखी किसानहरुको जोखिम बहन गर्ने उद्देश्यले नेपाल सरकार सँगको सहकार्यमा पशु बिमा कार्यक्रम सुरु गरेको र यो अभियानमा किसानहरु बढेको प्रबन्धक नारायण प्रसाद ढकालले बताए । किसानको बाहुल्यता रहेको सहकारीमा पशुबीमा कार्यक्रममा सहभागी हुनेहरुको संख्यामा पनि बृद्धि हुन थालेको हो । किसानले व्यवसायिक उत्पादनकालागि पालेका बीमाले पशु चौपाया मरेमा वा बाझोपन भएमा नेपाल सरकारको अनुदान मार्फत ८० प्रतिशत सम्म क्षतिपूर्ति पाउने व्यवस्था छ । यो व्यवस्थाले किसानमा आर्कषण बढेको हो ।
सहकारीले आफ्ना शेयर सदस्य किसानहरुलाई निकै न्युन मूुल्यमा पशु बीमा गर्दै आएको छ । ‘पशु चौपायाको मूल्यको २५ प्रतिशतको ५ प्रतिशत मात्रै कृषकले जोखिम बहनका लागी पर्छ’ ढकालले भने ‘बाँकी सबै रकम नेपाल सरकारले तिर्ने भएकाले आर्थिक जोखीम कमगर्न सकिन्छ ।’ किसानलाई थोरै रकम खर्च गर्दा समेत बीमामा सहभागी हुन पाउने अवसर मिल्ने उनले बताए । एक बर्षको अबधिका लागि मात्रै बिमा हुने भएकाले थोरै झन्झटीलो भए पनि किसानको आर्थिक क्षती कम गर्न पशुबीमा फलदायी भएको पशुबीमा भुमिराज शर्माले बताए । ‘हामिले बीमा गरेको पशु मरेमा वा बाँझो भएमा मूल्यको ८० प्रतिशत रकम भुक्तान गर्ने व्यवस्था मिलाएका छौं’ शर्माले भने ‘सानो बीमा रकम तिरेका किसानलाई पशुधन क्षती भए २० प्रतिशत मात्रै क्षती हुन्छ ।’
हाल सहकारी मार्फत ४३ वटा भैसीको बिमा गरीएको छ । थोरै किसानहले मात्रै गाई पालन गर्ने र बाख्रा तथा गोरुको बिमाको बारेमा जनस्तरमा चेतनाको बिकास गर्न नसक्दा भैसिको मात्रै बिमा गर्नेको संख्या उच्च रहेको शर्माले बताए । ‘हामीले गत बर्ष धरै पशुहरुको बिमा गराएका थियौं’ उनि भन्छन् ‘यो आर्थिक बर्षको अन्तसम्ममा अझै धेरै किसानले बीमा गर्न आउन सक्छन् ।’ सहकारी मार्फत ३ गाई र २ भैसीले गत बर्ष बीमा रकम पाएका थिए । गाईमा देखिएको बाँझोपन र भैसी मरेका कारण किसानलाई रकम उपलव्ध गराईएको थियो । १ हजार ७० जना शेयर सदस्य रहेको सहकारीमा अधिकांश सदस्य कृषि उत्पादनमा लागेका छन् ।
Previous Articleअमर आदर्श गोल्ड कपको उपाधि फ्युचरलाई
Next Article ८ माघ २०७४, ढोरपाटन दैनिक