बागलुङ, ८ माघ– बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यार्थीहरु एक भएर शैक्षिक क्षेत्रको विकासमा लाग्नपर्ने भन्दै देश विदेशमा शिक्षाबाटै जिल्लालाई चिनाउन सक्नुपर्ने बताएका छन् । न्यु ओयसिस एकेडेमी माध्यामिक विद्यालयको २१ औँ बार्षिकोत्सव समापन समारोहमा बोल्दै उनले संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै नगरपालिकाबाट आवस्यक सहयोग गर्ने बताए । बार्षिकोत्सवको अवसरमा १० बर्ष अध्यापन गराएर अवकास लिएका शिक्षक बिमल सुवेदीलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
यस्तै नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि विद्यालयले २५ हजार ५ सय ५५ रुपैँया सहयोग हस्तान्तरण गरेको छ । विद्यालयका अध्यक्ष रामप्रसाद शर्माले पत्रकार महासंघका अध्यक्ष दिल श्रीषलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । रकम ग्रहण गर्दै अध्यक्ष श्रीषले बिद्यालयलाई धन्यवाद दिए । यस्तै आर्थिक अवस्था कमजोर भएका ४ जना तथा मालिका सेवा समाजले एक जना विद्यार्थीलाई आवासीय सुविधा सहित निशुल्क अध्ययन गराउने बताएको छ । कक्षा ४ मा अध्ययन गर्दै आएका म्याग्दी बेनी नगरपालिकाका बिजय आले, पर्वत जिल्ला मल्लाजकी आयुसा जिसी, काठेखोला गाउँपालिका साबिक लेखानी गाविसका आदित्य कँडेल तथा संजोग रेग्मीलाई निशुल्क अध्ययन गराउने विद्यालयले जनाएको हो । यस्तै सिमा रेग्मीको अध्ययनका लागि मालिका सेवा समाजले सम्पुर्ण खर्च आफै व्यवस्थापन गर्ने बताएको छ ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक नेत्रलाल न्यौपानेले विद्यालयको वर्तमान अवस्था र आगामी योजनाको बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य बिजयराज पन्त, एन प्याव्शनका केन्द्रिय सदस्य बालकृष्ण शर्मा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, अभिभावक मनोज बिक, राज थापा, शिक्षकका तर्फबाट बिष्णु चापागाई, विद्यार्थीका तर्फबाट मञ्जुश्री सापकोटा र सुजन सापकोटाले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, प्रिन्सिपलन नेत्रलाल न्यौपानेको स्वागत र शिक्षक रामजी सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।