बागलुङ, ७ माघ– बागलुङमा जारी अमर आदर्श गोल्ड कप २०७४ को फाइनलमा फ्युचर बोडिङ स्कुल र अमर आदर्श ग्रिन भिड्ने भएका छन् । अमर आदर्श बोर्डिङ स्कुलको आयोजनामा बाङ्गेचौर खेल मैदानमा जारी फुटबल प्रतियोगिताको चौथौ दिन सम्पन्न सेमिफाइनलमा प्रतिष्पधी समुहलाई भारी गोल अन्तरले पछि पार्दै फ्युचर बोडिङ स्कुल र अमर आदर्श ग्रिन फाइनलमा प्रवेश गरेका हुन ।
सेमिफाइनलको पहिलो खेलमा फ्युचर ब्राइटरले १–५ गोल अन्तरले अमृत आदर्शलाई र दोस्रो खेलमा अमर आदर्श ग्रिनले पनि १–७ गोल अन्तरले न्यु ओयसिस एकेडेमिलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको बिद्यालयका सहायक प्रिन्सीपल कमलराज पन्तले जानकारी दिए । फाइनल खेल आइतवार दिउँसो १ बजे हुने उनले जानकारी दिए ।
प्रतियोगितामा कक्षा १२ सम्म अध्यापन हुने १५ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितावाट बिजेता हुनेले नगद २५ हजार, कप, मेडल र प्रमाणपत्र उपबिजेताले नगद १५ हजार मेडल र प्रमाण पत्र तथा सेमिफाइनलमा प्रवेश गर्नेले नगद ५ हजार प्राप्त गर्ने पन्तले जानकारी दिए । यसैबीच, छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय बास्केटबल प्रतियोगितामा बेनी नगरपालीका बिजयी भएको छ ।
कालीपुल खेलमैदानमा शनिबार भएको प्रतिस्पर्धामा अन्नपूर्ण गाउँपालीकालाई तिन पोईन्टले पराजित गर्दै बेनपाले बास्केटबलको उपाधि जितेको हो । बेनपाले १०१ र अन्नपूर्णले ९८ स्कोर गरेका प्रतियोगिता सञ्चालन गरेको कालीपुल युनाईटेड क्लवका अध्यक्ष बिकास पुनले जानकारी दिएका छन् । घरेलु मैदानमा खेल्ने अवसर पाएको बेनी नगरपाािलकाको टोलीलाई राष्ट्रिय खेलाडी सहभागी अन्नपूर्णले अन्तिमसम्म टक्कर दिएको थियो ।