कृष्णराज शर्मा
जेट ह्याङ्गले गर्दा भोलिपल्ट बिहान अबेला उठ्यौं । पट्यारिलो लामो हवाई यात्राले हामी साँच्चिकै थकित थियौं । उठेपछि सर्वप्रथम आफ्नै कोठामा आँखा डुले । भएका सुबिधाहरू र सरसफाईयुक्त बाताबरण नियाल्यौं । सानो क्षेत्रफलमा सम्पूर्ण सुविधा अटेको देखेर हामी आश्चर्यमा पर्यौं । अपार्टमेण्ट प्रयोग गरेबापत दिनुपर्ने भाडा त स्वभाविकै हो । भाडादर सस्तो महंगो हुनु स्थान बिशेषले निर्धारण गर्ने नै भयो । तर व्यक्तिको जीवन रक्षार्थ अपनाईएका प्रविधियुक्त सुबिधामध्ये संभावित आगलागीबाट बच्न र जनधनको क्षति हुन नदिन अपनाईएको सांकेतिक यन्त्र देखेर हामी दङ्ग पर्यौं ।
आगो एकैचोटी लाग्दैन । आगोलाग्नु पूर्व धुवाँ देखापर्नु आगोको धर्म हो । आगो लाग्नु पूर्व धुवाँले संकेत गर्दछ । कोठामा अनावश्यक धुवाँ खेल्दा बित्तिकै सानो यन्त्रबाट अस्वाभाविक आवाज निकाल्दो रहेछ । जस्तो कि खाना बनाउँदा देखापर्ने धुवाँ र तेलको खारभन्दा बढी धुवाँ देखापर्ना साथै साँकेतिक यन्त्रबाट त्यस्तो आवाज फाल्दो रहेछ । त्यो आवाज छरछिमेकिले पनि उत्तिकै थाहा पाउँछन् । र विपत्ति नै श्रृजना हुँदैछ भन्ने अवस्था आएमा प्रहरीले नै जानकारी पाईसक्छ । संभावित खतरा बाट बच्न हरसंभव उपाय जडित कोठाहरू देखेर हामी दङ्ग भयौं । कथंकदाचित् कोठामा सम्बन्धित व्यक्ति नभएपनि कम्पनिसंगको सम्झौता अनुसार कोठा खोलेर कम्पनिले विपत्ति समन गर्ने अधिकार राख्ने रहेछ । कोठामा बस्नेको लापरबाहीका कारण खतरा उत्पन्न भएमा उसको अनुपस्थितिमा पनि चेकजाँच गर्ने अधिकार उनीहरूसँग सुरक्षित हुने रहेछ । हुन त हामीकँहा पनि त्यस्तो स्थितिमा ताला फोडेर जर्बजस्ती गर्छौं । उनीहरू भने बिधिसम्मत ढङ्गले नै परिपक्व बनेर बसेका हुने रहेछन् । यदि त्यसो नभएर कसैको कोठामा प्रवेश गरेमा कम्पनि नै कारबाहीमा पर्ने निश्चित रहेछ । त्यहाँको कानून बमोजिम सम्पूर्ण दिनचर्या व्यवस्थापन गरिएको हुने रहेछ । जीवनको रक्षा गर्नु उनीहरूको पहिलो दायित्व हो ।
त्यसैले भाडामा लगाउने अथवा विक्रिका लागि भनेर जथाभावि घर निर्माण नहुने रहेछ । सरकारले कठोरता पूर्वक ति घरहरूको निर्माणमा निरिक्षण गर्दो रहेछ । बस्नयोग्य र आधारभुत सुरक्षामा घर निर्माण कम्पनिले ध्यान नदिएको पाईएमा निर्माण सम्पन्नताको प्रमाण पत्र नदिईने र त्यस्तो घरमा ऊ स्वयं पनि बस्न पाउँदैन । यसो भएमा कम्पनिको ईजाजत पत्र तत्कालै खारेज गर्ने रहेछ । हामी कहाँ कहिले होला र यस्तो ? थाहा पाएपछि मनमनै प्रश्न गरें । कोठाको अर्को पक्ष बातानुकुलित हुनु जरूरी रहेछ । गर्मी होस् वा ठण्डी दुवै सिजन उत्कर्षका हुने रहेछन् । हामीले गर्मी र ठण्डी दुवैलाई भोग्यौं । बाहिरी बाताबरणबाट बचेर भित्र पस्दा बातानुकुलित भएन भने जीवन जीउनु बडो गाह्रो रहेछ । कोठामा गर्मीमा शितलता र जाडोमा न्यानो हुनु अनिवार्य छ । तापक्रमको उच्चतम विन्दु र न्यूनतम बिन्दुमा पनि एकनाशको कोठाको बाताबरणले हामी रमायौं । तीनशय वर्गफुटको क्षेत्रफल ओगटेको अपार्टमेण्टमा करिब आठ ओटा बातानुकुलित यन्त्र जडान गरिएका छन् । कोठा भित्रको एक कुना र अर्को कुनामा तापक्रमको कत्तिपनि फरक नपर्नुको कारण त्यो रहेछ ।
हाम्रो देशका उच्च हिमाली भाग र तराईको प्रचण्ड गर्मीमा मात्रै आवश्यकीय लाग्ने यि यन्त्र अहिले हाम्रा शहरी क्षेत्रमा फेसनको रूपमा बढी जडान गरिएको पाईन्छ । त्यस्तो व्यवस्थित यहाँ हामीले कमै देख्छौं । हुन त सम्मृद्धिमा पाईने सुविधा अभावको अवस्थामा हुन सक्दैन । तै जे हुन्छ,त्यो भरपर्दो र दिगो हुनु पर्दछ । त्यो मजाले भेटायौं ।आहा अझ किचन ! …….