बागलुङ, ५ माघ– अमर आदर्श आवासिय विद्यालय बागलुङको आयोजनामा बांगेचौर खेलमैदानमा जारी अमर आदर्श गोल्ड कप–२०७४ अन्तर (१०+२) पुरुष फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन् ।
शुक्रबार भएका क्वाटरफाईनलका खेलमा विजयी हुँदे न्यू ओयसिस मावि, अमृत आदर्श मावि, अम्मर आदर्श मावि (ग्रिन) र फ्युचर मावि सेमिफाईनलमा प्रवेश गरेका छन् ।
शुक्रबारको पहिलो क्वाटरफाईनल खेलमा न्यू ओयसिस माविले विद्यामन्दिर माविलाई ३–२ गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । ओयसिसको जितको लागि रोमियो पुनले १७ र ६४ मिनेटमा २ गो गरेका थिए भने प्रविन मगरले २६ मिनेटमा गोल गरेका थिए । विद्यामन्दिरको लागि सुरेन्द्र उचाईले २२ र ६० मिनेटमा गोलगरेपनि जित दिलाउन भने सकेनन् ।
यस्तै दोस्रो क्वाटरफाईनल खेलमा आदर्श विद्यामन्दिर माविलाई १–२ गोलअन्तरले पराजित गर्दै अमृत आदर्श मावि सेमिफाईनलमा प्रवेश गरेको छ । अमृतको जितको लागि स्ट्राईकर विपिन महतले खेलको ४३ र ५० मिनेटमा गोल गरेका थिए । आदर्शको लागि खेलको अन्तिम समयमा क्षितिज आचार्यले गोल गरेका थिए ।
यस्तै तेस्रो क्वाटरफाईनल खेलमा अमर आदर्श मावि (ग्रिन)ले मुलपानी माविलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको छ ।
आयोजक अमर आदर्शको जितको लागि ५१ मिनेटमा रोहन खड्काले र ५७ मिनेटमा श्याम घर्ती मगरले गोल गरेका थिए ।
यस्तै अन्तिम क्वाटरफाईनल खेलमा फ्युचर माविले भैरव माविलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
फ्युचरलाई फराकिलो अन्तरको जित दिलाउने क्रममा आशिश केसीले ह्याट्रिक सहित ५ गोल गरे । उनले खेलको २४, ३४, ४९, ५३ र ६१ मिनेटमा गोल गरेका थिए । यस्तै खेलको २२ मिनेटमा कमल थापा र २८ मिनेटमा विकास थापाले गोल गरेका थिए ।
७ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने टिमले नगद ५ हजार प्राप्त गर्ने आयोजकले जनाएके छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जानकारी दियो ।
प्रतियोगिता अन्तरगत शुक्रबार सेमिफाईनलका खेल हुनेछन् । पहिलो सेमिफाईनलमा फ्युचर मावि विरुद्ध अमृत आदर्श मावि र दोस्रो सेमिफाईनलमा अमर आदर्श मावि (ग्रिन) विरुद्ध न्यू ओयसिस एकेडेमि विच हुने अमर आदर्श आवासिय माविका सहायक प्रिन्सिपल कमल पन्तले जानकारी जानकारीदिए ।
Previous Articleओली-दाहाल तीन घण्टा वार्ता, तीन एजेण्डामा छलफल
Next Article ५ माघ २०७४, ढोरपाटन दैनिक