बागलुङ, ५ माघ – प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन्। सरकारले बुधबार सातै प्रदेशका प्रमुखको सिफारिस गरेको थियो।
प्रदेश–१ मा डा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ल प्रमुख रहेका छन्।
Previous Articleनेपाल टेलिकमका सेवा दिनभर अबरुद्ध
Next Article बेकामे भएपछि गाउँमै अलमलिए सांसद