बागलुङ, ५ माघ– पोखराको हेम्जामा सडक बिस्तारका क्रममा खसेको ढुंगाले लागेर अप्टीकल फाईवर चुँडिए पछि शुक्रबार धौलागीरीका चार जिल्लामा नेपाल टेलीकमका सबै सेवाहरु प्रभावीत भएका छन् । अप्टीकल फाईवर चुँडिएपछी टेलीकमको मोवाईल सेवा, ल्याण्ड लाईन तथा एडिएसएल लगायतका सेवाहरु प्रभावीत भएको नेपाल टेलीकम बागलुङका सुपरभाईजर केशव सापकोटाले बताए ।
बिहान पौनेदश बेजे देखी अबरुद्ध भएको टेलीकमको मोवाईल सेवा करिव दुईघण्टा पछि पौने बाह्र बजे सुचारु भएको थियो भने ल्याण्ड लाईन र एडिएसएल लगायतका सेवाहरु साँझ सम्म अबरुद्ध बनेका थिए । टेलिकमका सबै सेवाहरु अवरुद्ध बने पछि शुक्रबार बिहाननै बैकल्पीक माइक्रौवेव सिस्टमबाट मोवाईल सेवा सुचारु गरीएको सापकोटाले बताए । ‘लामो समय यो प्रबिधिले नधान्न सक्छ’ सापकोटाले भने ‘आपतकालिन अवस्थामा प्रयोग गरीएको माईक्रोवेव सिस्टम सिमतीत अबधिका लागी मात्रै हो ।’ चुँडिएको फाईबर मर्मतका लागी शुक्रबार दिनभर टेल्रीकमले प्रयास गरेको भए पनि सडक बिस्तारको काम नरोकींदा समस्या आएको नेपाल टेलीकम पोखराले जनाएको छ । नेपाल टेलीकमका सेवाहरुमा आएको समस्याका कारण शुक्रबार दिनभर बागलुङ पर्वत, म्याग्दी र मुस्ताङका बैंक तथा सरकारी कार्याय र सञ्चार संस्थाहरु समेत प्रभावीत भएका थिए ।
नेपाल टेलिकमको ल्याण्ड लाईन फोन र एडिएसएल ईन्टरनेटको प्रयोग गर्ने सबै संघसंस्था तथा कार्यालयहरुले शुक्रबार कुनै पनि काम गर्न नपाएको गुनासो गरे । बागलुङ स्थित केही बैंकहरु बाहेक सबै बैंकले कारोवार गर्न नसकेको ग्लोवल आईएमइ बैंकका कर्मचारी हरिप्रसाद पौडेलले बताए । अप्टीकल फाईवर चुँडिदा धौलागिरीका ४ लाख सेवाग्रही मर्कामा परेका थिए । निजि क्षेत्रका ईन्टरनेट प्रदायक कम्पनीको सेवा लिईरहेका बैंक तथा बित्तिय संस्थाहरुमा भने काम नरोकीएको बताईएको छ ।