बागलुङ, ४ माघ– स्थानीय स्रोत र साधनको उपयोगमा वृद्धि गरी महिलालाई आयआर्जनतर्फ अग्रसर गराउने तथा उनीहरुको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यका साथ काठेखोला गाउँपालिका वडा नं. ७ रेश जिरेदीमा एक दिने प्याड बनाउने तालिम सम्पन्न भएको छ । आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले सञ्चालन गरेको समृद्धिका लागि उद्यमशिलता अभियान अन्र्तगत मंगलबार जिरेदीमा रहेको भैरव आमा समुहमा आवद्ध महिलालाई प्याड बनाउने तालिम दिइएको हो ।
महिलाले महिनावारीको समयमा प्रयोग गर्ने प्याड घरमै बनाएर प्रयोग गर्न र खर्च कटौती गरी बचत गर्ने बानी बसाल्न तालिम दिइएको संंस्थाले जनाएको छ । घरमा खेर गैरहेका कपडाबाट प्याड बनाउन सकिने र उक्त प्याड स्वास्थ्यका हिसाबले लाभदायी तथा कम खर्चिलो हुने भएकाले यो तालिम महिलाहरुका लागि प्रभावकारी हुने भएकाले संस्थाले विगत ३ वर्षदेखि यो तालिम सञ्चालन गर्दै आएको छ । तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरेर आयआर्जनमा वृद्धि गरी वचत गर्नका लागि सहज हुने भएकाले यो तालिम महिलाका लागि उपयोगी भएको सहभागीले बताएका छन् । भैरव आमा समुहका २५ जना महिलाको सहभागिता रहेको तालिममा आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. ७ का वडा सदस्य कृष्णबहादुर थापाले बोलेका थिए । कार्यक्रम भैरव आमा समुहका अध्यक्ष सीता कार्कीको अध्यक्षता, उपाध्यक्ष निर्मला कार्कीको स्वागत र सचिव चेली थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleसमानुपातिक उम्मेदवार निर्वाचित भएको आयोगको घोषणा
Next Article पोषण सामाग्री वितरण गरियो