जिल्लाको दक्षिणको केन्द्र रहेको जैमिनी नगरपालिकाले यतिबेला यस बर्षको बजेटमा ब्यबस्था भएअनुसार नगरपालिकाका सबै वडामा सडक बिस्तारको काम थालेको छ । साँघुरा सडकहरुलाई फराकिलो पार्नेदेखि नयाँ सडकहरुको निर्माणलाई तीब्र बनाएको नगरपालिकाले यतिबेला बस्ती तथा खेतीयोग्य जमिनको समेत बेवास्ता गर्दै सडकको बिस्तारको कामलाई तिब्र बनाएको छ । निकै साँघुरो रहेको कुश्मीशेरा बजारको बीचमा बाटोको बिस्तारदेखि अन्य वडाका विभिन्न टोलमा सडकलाई बिस्तार गर्ने कामलाई तिब्र बनाई रहेको बेला नगरपालिका तथा स्थानियले समेत सडक बिस्तार गर्दा कालान्तरमा पर्ने प्रभावको बिषयमा भने बेवास्ता गरेको देखिएको छ । सानो ठाउँ तर महत्वकांक्षा ठुलो भएकाले बनाउन लागिएको सडकले बस्ती र तलमाथिको खेतीयोग्य जमिनलाई के असर गर्छ भन्ने कुराको हेक्का नै नराखी हँचुवाको भरमा सडकलाई बिस्तारीत बनाईएको छ । बाटो बनाउँदा प्राबिधिक प्रक्रिया पुरा गर्न जरुरी हुन्छ ।
सामान्य उपभोक्ता समतिीको योजनामा बेनको बाटोका कारण भविश्यमा बस्ती तथा खेतीयोग्य जमीनमा पहिरोको सन्त्रास हुने देखीन्छ । बिना प्रबिधिक चेकजाँच बनाईएका बाटो निकै भिरालो र कमजोर जमीनमा डोजर भ्याकुर जस्ता निकै कम्पन दिने मेसिनहरुको भरमा निर्माण गरिएको छ । कमजोर जमिनमा एकातर्फ हँचुवाको भरमा खनिएको बाटो यसै पनि जोखिमपुर्ण हुन्छ भने अर्कोतर्फ कमजोर र भिरालो भू–भागका कारण यसको दिर्घकालिन असर भने निकै भयानक हुने देखिएको छ । जैमिनीको चाहे सेरा बजारको बाटो होस् या जैदी र राङ्खानीको बाटो नै किन नहोस सबै भिरालो जमीनमा खनिएका बाटोको कारण बस्तीहरु निकै जोखिममा रहेका छन् । स्थानिय सरकारले विकास गर्दा सर्वसाधारणको हितलाई ध्यानमा राखेर विकासका गतिबिधिहरु सञ्चालन गर्नु आवस्यक छ । विकासका नाममा बनाईएका पुर्वाधारहरु बिनाशको बाटो बने भने त्यो भन्दा दुर्भाग्य अरु केही पनि हुन सक्दैन् ।
यसको अर्थ यो होईन की विकास गर्नै हुँदैन । पुर्वाधार निर्माणको काम भनेको सबै जोखिमपुर्ण छन् । पुर्वाधारको विकास गर्दा प्राबिधिक पाटो र भविश्यको बारेमा समेत ख्याल राख्न आवस्यक छ भन्ने मान्यता हो । जसका लागि भनेर पुर्वाधारहरुको निर्माण गरिएको हो । ति पुर्वाधारका कारण उनीहरुनै पिडित हुने अवस्था आयो भने त्यो भयानक दिनमा के होला । यसै पनि हाम्रो पहाडी भुभाग बर्षातको समयमा निकै जोखिम मोल्ने गरेको छ । बर्षेनि तराईमा डुबानका कारण मर्नेको संख्याभन्दा पहाडमा पहिरोका कारण मर्नेको संख्या बढि भएको तथ्याङक हाम्रो सामु छ । यो अवस्था हुँदा–हुँदै पनि र जोखिमको बिषयमा हामीलाई जानकारी हुँदा–हुँदै पनि भिरालो र साँघुरो जमीनमा जर्बजस्त बनाउन लागिएका पुर्वाधारहरुका कारण भविश्यमा हुन सक्ने जोखिमको सामना गर्नका लागि पनि हामीले पुर्ब तयारी गर्न आबस्यक छ । कुनै पनि दुर्घटना भै सकेपछि पछुतो मान्ने परम्पराबाट माथि उठेर भोली हुन सक्ने दुर्घटनाको सम्भाव्यतालाई आजै अध्ययन गर्दै त्यसको जोखिम क म गर्न राज्य, गैह्र राज्य र सर्वसाधारणको स्तरबाट सबै खालका पहल हुन जरुरी छ । अन्यथा विकासका नाममा गरिने कामले विनाश लिला निम्याउन सक्छ । यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।
Previous Articleस्वच्छचारी न्यायलय
Next Article उम्मेदवार ज्यू चुनाव खर्च कहिले बुझाउने ?