बागलुङ, १ माघ-जिल्ला फुटबल संघ बागलुङको अध्यक्षमा पुनः रामराज गुरुङ चयन भएका छन् । शनिबार सम्पन्न संघको पाँचौ अधिवेशनबाट गुरुङ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा टकबहादुर बोहरा, विकास थापा, रेशम गोतामे, महासचिवमा जय राजभण्डारी, कोषाध्यक्षमा सूर्य लामिछाने चयन भएका छन् ।
यस्तै, संघको सदस्यहरुमा मनिष रायमाझी, राहुल बोहरा, राजकुमार बोसेल, राजकुमार शर्मा, भानु आचार्य, सुरज खड्का, लोकबहादुर खड्का, प्रकाश शर्मा र महिला सदस्यमा रुबिना श्रेष्ठ थापा चयन भएका छन् । अधिवेशनलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बागलुङमा फुटबल खेलको अत्याधिक संभावना रहेको भन्दै यसको बृहत्तर विकासका लागि सबैले हातेमालो गर्नु पर्ने बताए ।
कार्यक्रममा फुटबल महासंघका उपमहासचिव गणेश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष लगायतले बोलेका थिए । संघका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टकबहादुर बोहरा र संचालन महासचिव जय राजभण्डारीले गरेका थिए ।
Previous Articleबेनी–जोमसोम सडक कालोपत्रे गरिने
Next Article बागलुङको बलेवा विमानस्थल सञ्चालनको तयारी