बागलुङ, १ माघ-ढोरपाटन नगरपालिकाको दोस्रो नगरसभा सुरु भएको छ । नगरपालिकाका प्रमुख देवकुमार नेपालीले औपचारिक उद्घाटन कार्यक्रममार्फत आगामी आर्थिक मसान्तसम्म सम्पन्न गर्ने गरि नगरपालिकालाई आवश्यक पर्ने विभिन्न १४ वटा प्रस्तावमाथि छलफल हुने भन्दै नगरसभामा प्रस्ताव पेश गरेका छन् । नगरपालिकाको अर्धवार्षिक कार्यक्रम सकिएपछि त्यसको समिक्षा मुल्यांकन र आगामी अर्धवार्षिक योजना तर्जुमा तथा आर्थिक वर्ष २०७४÷०७५ कालागि विनियोजन भएका कार्यक्रम तथा योजनाहरु के कति पूरा भए भएनन् भन्ने विषयमा नगर परिषदले समीक्षा गर्ने नगर प्रमुख नेपालीले बताए । नगर प्रमुख नेपालीले आफू एक खुल्ला किताब भएकाले सबैलाई बराबर सम्मान गर्ने नमूना ढोरपाटन नगरको विकासमा सहकार्य गर्ने भन्दै कसैले अन्यथा नलिन र सहकार्य गर्न नगरपालिकामा निर्वाचित सदस्यलाई अनुरोध गरे । निर्णय प्रक्रियामा भए गरेका त्रुटीहरुको समीक्षा गर्दै भोलिको सुन्दर योजना निर्माण गर्न र यस आर्थिक वर्षको बजेट सही सदुपयोग गर्नु सबैको दायित्व र कर्तव्य भएको नेपालीको भनाई थियो ।
नगर सभामा नगरका विभिन्न वडाध्यक्ष, नगर कार्यपालिका सदस्य तथा सदस्यहरुले आ–आफना समस्याहरु मन्तव्यका क्रममा राखेका थिए । कतिपय वडामा सचिवको व्यवस्थापन हुन नसकेको, वडा कार्यालय स्थापित गर्न नसकेको, नगर कार्यापालिकाको बैठकले नियम संगत काम गर्न नसकेको, कार्ययोजनाहरु पारदर्शि बनाउनु पर्नेमा ध्यान जान नसकेको वडा अध्यक्षहरुले वडा सदस्यहरुलाई समन्वय गर्न नसकेको लगायतका समस्याहरु बत्ताले बोलेका थिए । यसैबीच नगर परिषद गर्दा हतारमा गरिएका कतिपय दीर्घकालीन निर्णयहरु आज कार्यान्वयन तहमा समस्या आएको, नगर कार्यापालिकामा गर्नुपर्ने निर्णयहरु केही विवादित भएका जस्ता कुराहरु समेत नगर सभामा बोल्ने वत्ताहरुले राखेका थिए । कार्यक्रममा बोल्दै नगर उपप्रमुख कर्मती पुनले नगर कार्यपालिकाले गरेका निर्णयहरु राम्रा भएपनि नराम्रा भएपनि कार्यापालिकाका सदस्यहरुले त्यसको श्रेय लिनुपर्ने धारणा राखेकी थिईन । नगरलाई विकास गर्नका लागि सबैको सकरात्मक सोंच, सहकार्य रहातेमालो आवश्यक रहेकाले सबैले मनन गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा वडाध्यक्षहरुले आफ्नो वडाको रिपोटिङ गरेका थिए । यसैबीच विभिन्न वडा सदस्यहरुले समेत आ–आफ्नो वडाको समस्या जानाकारी गराउँदै नगर सभामा आफूहरुलाई ताली बजाउने स्थान मात्र दिइएको, आफ्ना कुराहरु वडाध्यक्षले सरसल्लाहमा नल्याएको, वडामा विनियोजन हुने योजनामा समेत जानकारी नगराएका जस्ता गुनासाहरु राखेका थिए । नगरसभामा पेश भएका एजेण्डाहरु उपर छलफल सुरु हुने जनाईएको छ । उद्घाटन शत्रको कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले गरेका थिए ।
Previous Articleमकर सक्रान्तिः कसरी मनाउने ?
Next Article बेनी–जोमसोम सडक कालोपत्रे गरिने