म्याग्दी, १ माघ-म्याग्दी महोत्सवको अवलोकनमा आउने दर्शकले यसपटक पहिलोपटक घोडा सफारीको मच्जा लिइरहेका छन् । आन्तरिक पर्यटनलाई प्रर्वधन गर्ने उद्देश्यले आयोजित महोत्सवमा महोत्सव स्थलबाट नजिक करिव आधा घण्टाको दुरीमा रहेको पर्यटकीयस्थ लभ्लीहिलसम्म घोडा सफारीको सुविधा रहेको छ ।
पछिल्लो समय पूर्वाधार निर्माणसंगै चहलपहल हुने लभ्लीहिलमा पुग्न आवश्यकता अनुसार घोडाको ब्यवस्था गरिने ब्यवसायी कृष्ण न्यौपाने बताए । ‘घोडाचढी पर्यटकलाई आर्कािषत गर्न सेवा हो । मैले यहाँको भविष्य राम्रो देखेको छु‘ न्यौपानेले भने । प्रतिब्यक्ति ५ सय शुल्क लाग्ने छ । उनले म्याग्दी उद्योग वाणिज्य संघको सहयोगमा महोत्सव अवधिभर सञ्चालन गरिने र त्यसपछि पनि यसलाई निरन्तरता दिने बताए । घोडामा चढेर लभ्लीहिलसम्म पुग्न सजिलो छ ।
घोडाबाटै बेनीबजारको दृष्य समेत अवलोकन गर्न सकिने भएकाले पनि महोत्सवको अवलोकनकर्तालाई सहज हुने बताए । महोत्सवको पहिलो र दोस्रो दिन घोडा दिनभरी सञ्चालन गरिएको बताए । बेनीबाट लभ्लीहिलसम्म पुगेर करिव १५ मिनेट लभ्लीहिलमा घुम्ने र फर्किने बेलामा लभ्लीहिल हुदै मंगलाघाटबाट फर्कने बताए । एउटै रूटबाट आवतजावत नगर्ने गरी तय गरिएको छ ।
पछिल्लो समय घोडा सफारीले पर्यटकको ध्यान तान्न सफल भएकाले पनि महोत्सवको आर्कषणको रुपमा हेरिएको छ । महोत्सवमा ४ वटा घोडासंगै आवश्यकता अनुसार १० वटासम्म ब्यवस्था मिलाउन सकिने बताएका छन् । घोडा सफारीले परिवार र समुहलाई आर्कषित गर्ने संयोजक गणेश श्रेष्ठले बताए ।
महोत्सवमा घोडा पहाडमा उक्लिदै गर्दा सिउसिउ जाडोमा कालिगण्डकी नदीमा जलयात्राको मज्जा लिने सुविधा पनि छ । जलयात्राका लागि प्रख्यात कालिगण्डकीमा हरेक महोत्सवमा जलयात्रा गर्ने गरिएकाले पनि साना बालबालिकादेखी बृद्धबृद्धाको आर्कषण हुन्छ । प्रतिब्यक्ति ५ रुपैयाँ तय गरिएको जलयात्रा धार्मिक स्थल जलेश्वरबाट थकाली सेवा समाजको घरमा रोकिने बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले बताए ।
छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको पर्वत, बागलुङ खण्डमा ब्यवसायीक रुपमा सञ्चालन गरिने गरेको भएपनि म्याग्दी र बेनी आसपासबाट बग्ने कालिगण्डकीमा फाटफुट विदेशी पर्यटकले ¥याफटिङ्ग गर्ने गरेका थिए । लामो, समथर र कम बहाब भएकाले पनि कालिगण्डकीका साथै म्याग्दी नदीमा समेत जलयात्राको सम्भावना रहेको छ । एकपटक १० जनासम्म चढ्न मिल्छ ।
Previous Articleबलिउडमा फेरि अर्की ‘२६ वर्षे स्टार’को प्रवेश
Next Article बल्ल खुल्दैछ श्रीमानको अर्थ