राजेशचन्द्र रा.भ.
नेपालीले न्यायाधिशलाई श्रीमान भन्ने चलन रहेको छ । अहिले सबैभन्दा बढी चर्चामा नेपालमा कोही छन्भने त्यो हो नेपालको सम्मानित सर्बोच्च अदालतका प्रधान न्यायाधीश गोपाल पराजुली । अहिले उनी यति धेरै चर्चामा छन् कि भनेर साध्य छैन । डा. गोबिन्द केसीलाई पक्राउ गर्ने आदेश दिएपछि चर्चामा आएका प्रधान न्यायाधीश यतिबेला छरपस्ट भएका छन् । देशको सर्बोच्च अदालत अहिले केही समयदेखि बिबादास्पद बन्दै आएको छ । यो अबश्य पनि राम्रो बिषय हैन । प्रधान न्यायाधीश नियुक्ति प्रकरण नै राजनीति हुने गरेको छ । हुनतः देशमा प्रधान न्यायाधीश र न्यायाधीश नियुक्ति हुनुभन्दा अगाडि संसदको संसदीय सुनुवाई समितिमा छलफल, आलोचना र बिरोध सबै कुरा पारित गरेर मात्रै नाम सिफारिस हुने गर्दछ । तर पनि हाम्रो संसदीय सुनुवाई समिति पनि नाम मात्रको होभन्दा फरक पर्दैन । समितिमा बोलाएर बयान लिने, सोधपुछ पनि गरिन्छ ।
तर त्यो सबै औपचारिक भन्दा अर्को केही नहुने कारणले आज यो कुरा बाहिर आएको हो । हाम्रो सम्मानित अदालतका प्रधान न्यायाधीश गोपाल पराजुलीको बारेमा जे–जति कुरा बाहिर आएको छ यो सबै हेर्ने होभने साँच्चै अब १ मिनेट पनि सर्बोच्च अदालतको न्यायाधीश भएर बस्न नैतिकताले मिल्दैन । साँच्चै अहिले जे–जस्तो बिषयमा कुरा उठीरहेको छ । सबै गम्भीर बिषय नै छन् । एकजना प्रधान न्यायाधीशको बारेमा यसरी कुरा उठ्नु अबश्य पनि राम्रो बिषय हैन । अहिले नेपालको सबै मिडिया प्रधानमन्त्री न्यायाधीश गोपाल पराजुली कै बिबादास्पद काण्डले भरिएका छन् । सामाजिक संजालमा पुरै पराजुली कै कारनामा छ ।
यतिबेला १० वटाभन्दा बढी गम्भीर आरोपको घेराभित्र छन् पराजुली । अहिले जनताले प्रश्न उठाएको यो १० काण्डको जवाफ कहिले कहाँबाट पाउने हो नेपाली जनताले । किर्ते नागरिकता काण्ड, बहुबिबाह (चार जना बिबाह गरेको काण्ड, एनसेल कर छुट काण्ड, प्रहरी काण्ड, कर छलीलाई सफाया दिएको चुडामणी काण्ड, ल क्याम्पसबाट जन्ममिती खुल्ने कागजपत्र गायब काण्ड, प्रतिशोध काण्ड, शुशिलाले गरेका सबै मुद्दा उल्टाउने काण्ड, एसएलसीको सर्टिफिकेट गायब काण्ड, आफ्ना भानिजलाई अख्तियारको कानुनी सल्लाहकार नियुक्ती काण्ड र जग्गा प्लटिङ गर्ने पाउनु पर्ने आदेश काण्ड त अहिले सतहमा देखियो अरू नदेखिएको काण्ड अब बिस्तारै खुल्दै जाने छन् । अहिले छताछुल्ल रूपमा जसरी गोपाल पराजुली बदनाम भएका छन् । साँच्चै हाम्रो संसदीय सुनुवाई समितिदेखि धेरैलाई थाहा थियो कि गोपाल पराजुलीको ४ श्रीमती र नागरिकता काण्डबारे यस्तो गम्भीर बिषय थाहा हुँदाहुँदै पनि के आधारमा उनलाई योग्य थानियो । गम्भीर प्रश्न यतिबेला उठेको छ ।
साँच्चै त्यो बेलामा समितिका जिम्मेवार मान्छेले भाङ अबश्य पनि खाएका थिएनन् होला । तर कसरी पराजुली सर्बोच्चका प्रधान न्यायाधीशको लागि योग्य ठहरिए । अहिले उनी खराब हुन भनेर भन्ने होभने उनलाई सिफारिस गर्ने ब्यक्तिहरू पनि खराब हुन भन्ने कुरा स्पष्ट हुन्छ । देशमा गणतन्त्र आएपछि हाम्रो सम्मानित सर्बोच्च अदालत सधैं–सधै बिबादास्पद बन्दै गयो । राजनीतिक घेराबन्दी परेको देखियो । न्याय पनि पहुँचको आधारमा दबाब र प्रभावको भरमा भएको धेरै उदाहरण हाम्रो सामुन्ने छ । अनि कसरी बिश्वास गर्ने जनताले सरल रूपमा न्याय पाउछ भनेर । अहिले डा. गोबिन्द केसीले प्रधान न्यायाधीश पराजुलीको राजीनामा माग गरि १४ औ पटक अनशन शुरू गरेपछि यो बिषय सतहमा आएको हो । अहिले अदालतको अपहेलना भएको भन्ने बिषय नभएर अहिले प्रधान न्यायाधीश पराजुली को गलत क्रियाकलापको बिरूद्व भएको भनेर डा. गोबिन्द केसीको बयानबाट पनि स्पष्ट भएको छ । अहिले देशब्यापी रूपमा केसीको पक्षमा जनमत देखिनुलाई सर्बोच्च अदालतका बहालवाला प्रधान न्यायाधीश पराजुली बिबादास्पद नै हुन र छन् भन्ने कुरा पनि प्रमाणित भएको छ ।
डा. केसीले प्रधान न्यायाधीश पराजुलीमाथि ११ वटा अभियोग लगाएका छन् । सबैभन्दा गम्भीर अभियोग चाहिँ न्याय बेचबिखन गरेको, अहिलेसम्म कानुनी इतिहासमा न्यायाधीशमाथि अभियोग लागेको यो पहिलोपटक हो । अलिकति मात्रै पनि नैतिकता छभने प्रधान न्यायाधीश पराजुलीले कि त राजीनामा गर्नुपर्छ हैन भने उनलाई तत्काल निलम्बन गर्नुपर्ने हो । अहिले जुन गम्भीर बिषयमा प्रश्न उठिरहेको छ यसको जवाफ अब कसले दिने हो । नेपाली जनताले यसको जवाफ खोजिरहेका छन् । साँच्चै हिजोका दिनमा बयान दिने पालो डा. केसीको थियो भने अब भने गम्भीर प्रश्नको जवाफ प्रधान न्यायाधीश पराजुली र सर्बोच्च अदालतले दिनुपर्ने कि नपर्ने । अदालतको बारेमा बोल्न नपाइने भनेर जुन किसिमको कानुन बनाइएको छ यो नै गलत छ । हुनतः अहिले गणतन्त्र आएपनि देशमा सामन्ती शासन भने कायमै भएको देखिन्छ । हाम्रो देशमा अहिले राजा महाराजा नभए पनि त्योभन्दा कम छैन । साँच्चै भन्ने होभने अहिले ‘सानालाई ऐन ठुलालाई चैइन’ भनेझै भएको छ । देशमा अदालत पनि कहाँ कसरी चल्छ भन्ने कुरा बुभीm नसक्नु भएको छ ।
अदालतमा न्यायाधीश हुन पनि आजकल राजनीतिक पहुँच कै आधारमा हुने न्यायाधीश नियुक्ति पनि पैसाको आधारमा हुने भएको कारणले अब न्याय पहुँच कै आधारमा हुने कुरामा कुनै शंका छैन । गरिब जनताले सरल रूपमा न्याय पाउने भन्ने कुरा अब ‘आकाशको फल’ हुने निश्चित छ । सर्बोच्च अदालतले जनताको बिश्वास जित्न सकिरहेको छैन । यसलाई हस्तक्षेपमुक्त बनाउन जरूरी छ । सबै ठाउँमा राजनीति भएपनि अदालतमा भने राजनीतिक रूपमा न्याय निसाफ दिने फैसला गर्ने परिपाटीको अन्त्य गर्न जरुरी छ । डा. केसीले उठाएको मुद्दालाई मनन गरेर अगाडि बढाउन जरुरी छ । साँच्चै श्रीमान भनेको मर्यादित पद हो न कि ४ वटा श्रीमती भएको हुनाले श्रीमान भनिएको अबश्य पनि हैन होला । तर अहिले प्रधान न्यायाधीश पराजुलीको सवालमा भने श्रीमान भनिएको चाहिँ ४ वटा श्रीमती भएर नै हो कि ? पदीय मर्यादाको लागि हो भन्ने कुरा बुझ्न जरुरी छ ।
अहिले जहाँ हे¥यो त्यहीँ बेतिथी मनपरि तरिकाको न्याय सम्पादन ‘चोरलाई चौतारो साधुलाई सुली’ भन्ने नेपाली उखान अहिले पनि लागू भइरहेको छ । अहिलेसम्म जे–जस्तो भए अबदेखि भने न्यायलयलाई स्वच्छ र मर्यादित बनाउन जरुरी देखिन्छ । भोलिका दिनमा संसदीय सुनुवाई समितिको काम भनेको कर्मकाण्डे नभई ठिक ढंगको हुन जरुरी छ । हैन भने यस्तो बाह््र सत्ताइस गर्ने सुनुवाई समिति खारेज गरिदिए धेरै राम्रो हुनेछ ।
Previous Articleम्याग्दी महोत्सवः नदीमा जलयात्रा, पहाडमा घोडा
Next Article सत्ता हस्तान्तरणमा सधैं किन हुन्छ सकस ?