बागलुङ, ३ पुस -कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको ८ औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिवार बागलुङमा सम्पन्न भएको छ । अधिवेशनबाट चन्द्रकान्त पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र शर्मा, सचिवमा गोविन्दप्रसाद सुवेदी, सहसचिवमा दिपकराज बास्ताकोटी, कोषाध्यक्षमा गोकुलप्रसाद कँडेल रहेका छन । कार्य समितिका सदस्यहरुमा हरेन्द्र शाह बानिया, रविन्द्रकुमार श्रेष्ठ, सुमन प्रधान, भीमकुमारी जिसी, सोभाकुमारी पौडेल, सोनुकुमार गुप्ता चयन भएका छन । उद्घाटनमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठले कपडा तथा फेन्सी व्यवसायीका विभिन्न समस्या रहेकाले उनीहरुको हक हितको संरक्षणका लागि प्रयास गर्ने बताए । कार्यक्रममा उद्योग बाणिज्य संघ बागलुङका बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी, पुर्व अध्यक्ष युगेश्वर वझा, समाजसेवी देबबहादुुर श्रेष्ठ, राष्ट्रिय बाणिज्य संघ बागलुङका सचिव प्रकाश चालिसे, राष्ट्रिय उद्योग व्यापार संगठनका कोषाध्यक्ष मनोज थापा, समितिका बुर्तिबाङ उपशाखा संयोजक सबिन अर्गेजा, पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, रुद्रा केसी, नारायणप्रसाद पौडेल, गणेश पौडेल लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष भोजराज रेग्मीको अध्यक्षता, निवर्तमान अध्यक्ष हरि सुवेदीको स्वागत मन्तव्य र सचिव रामचन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद वझाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना वधाई दिएका थिए ।