पर्वत, ३ पुस-प्रतिनिधी र प्रदेशसभामा पर्बतबाट उम्मेदवार बनेकामध्ये १२ जना उमेद्वारले मात्र चुनाबको खर्च विवरण बुझाएका छन् । गत मसिर २१ गते सम्पन्न निर्वाचनमा उमेदवार बनेका २८ मध्ये १२ जना उमेदवारले मात्रै निर्वाचनको खर्च बिबरण बुझाएका हुन । नेकपा एमालेबाट उम्मेदबार बनेका २ जना, माओबादी केन्द्रबाट १, नेपाली काग्रेसबाट ३ जना, नेकपा माले १ राष्ट्रिय जनमुतिm पार्टीका ३ जना , मंगोल नेशनल अर्गनाईजेशन पार्टी १ र स्बतन्त्र १ गरी जम्मा १२ जनाले मात्र खर्चको बिवरण बुझाएको निर्बाचन कार्यलयले जनाएको छ । अन्तिम मतपरिणाम आएको ३० दिन भित्र उम्मेदवारले खर्च विवरण बुझाउने प्रावधान रहेपनि हालसम्म १२ जनाले मात्रै विवरण पेश गरेका छन् । जिल्लामा मंसिर २४ गते अन्तिम मत परिणाम सार्वजानिक भएको थियो । बिवरण बुझाउने अन्तिम मिति अब झण्डै ५ दिन मात्र बाँकी रहेको छ । नेकपा एमालेबाट प्रतिनीधिसभा सदस्यमा निर्बा्चित पदम गिरीले २४ लाख ३३ हजार ८ सय रुपैयाको खर्च बिवरण बुझाएका छन् । त्यस्तै उनी संगै चुनाबी प्रतिस्पर्धामा उत्रिएका नेपाली काग्रेसका अर्जुन जोशीले २३ लाख ६५ हजार ५ सय खर्च बिवरण बुझाएका छन् । त्यस्तै पर्बत क्षेत्र नम्बर १ को प्रदेश क मा बिजयी भएका बाम गठबन्धनका उम्मेदबार नेत्र अधिकारीले १४ लाख २६ हजार र उनीसंगै चुनाबी प्रतिस्पर्धामा उत्रिएका नेपाली काग्रेसका नबराज गुरुङले ९ लाख ५३ हजार ३ सय खर्च भएको बिवरण बुझाएका हुन् । त्यस्तै पर्बत क्षेत्र नम्बर २ को प्रदेश ख मा बिजयी भएका नेकपा एमालेका बिकास लम्सालले १४ लाख ५५ हजार ४ सय ५० रुपैया र उनिसंगै चुनाबी प्रतिस्पर्धामा उत्रिएका नेपालि काग्रेसका राजेन्द्र तिबारीले १० लाख ७३ हजार ८ सय रुपैयाको खर्च बिवरण कार्यलयमा पेश गरेको जिल्ला निर्बाचन अधिकृत लक्षु शर्माले जानकारी दिए । त्यस्तै नेकपा मालेका उम्मेदबार लिलाधर आचार्यले ४० हजार, स्बतन्त्र उम्मेदबार यज्ञप्रसाद तिबारीले १ लाख १ हजार ९ सय ५० मंगोल नेशनल अर्गनाईजेशन का उम्मेदबार लाल कुमारी थापाले २३ हजार राष्ट्रिय जनमुतिm पार्टीका मनकुमारी मगर पुन १ लाख ६१ हजार ८ सय २५, टोकेन्द्र राना १ लाख ९६ हजार ८ सय २५ र टिकाराम पुनले १ लाख २२ हजार ७ सय २५ रुपैया बराबरको खर्च बिवरण कार्यलयमा बुझाएको शर्माले बताए । पर्बतमा सबै उम्मेदबारहरुले धेरै जसो रकम गोष्ठी तथा अन्र्त्क्रिया कार्यक्रममै खर्च भएको प्रतिबेदनमा उल्लेख रहेको छ । प्रतिनीधि सभा सदस्यमा बिजयी गिरीले गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा ७ लाख ८० हजार खर्च गरेका छन्भने उनका प्रतिस्पर्धी जोशीले पनि ७ लाख ६८ हजार ५ सय रुपैया गोष्ठीमा र्खच गरेका हुन ।
Previous Articleराष्ट्रियसभा सांसद : कुन प्रदेशमा कस्को कति सांसद ?
Next Article संगीतमय बन्दै म्याग्दी महोत्सव