समय सन्दर्भ
सन्तोष पौडेल
सन् १९५८ देखि प्रत्येक वर्ष सेप्टेम्वर महिनाको अन्तिम आईतबारलाई विश्वभरी अन्तराष्ट्रिय बहिरा दिवसको रुपमा हर्ष उल्लासका साथ मनाउने गरिन्छ । झण्डै ५लाख जनसंख्या रहेको हामी नेपाली बहिराहरुले सन् २००६ सालदेखि सेप्टेम्बर अन्तिम आईतबारलाई अन्तराष्ट्रिय बहिरा दिवस मनाउदै आएका छांै । २०७३ साल असोज ०९ गते (Sep 252015)को अवसरमा यस वर्षको अन्तराष्ट्रिय बहिरा दिवस ‘सांकेतिक भाषाका साथ, म बराबर छु’ (With Sign Langauge,I am Equal)भन्ने नाराका साथ बहिरा दिवसको आयोजना गरी मनाउन लागिरहेका छौँ । सन् २०३७ सालमा काठमाडौं बहिरा संघको गठनबाट बहिराहरुको संगठनात्मक यात्रा प्रारम्भ भएको थियो । २०५२ सालमा राष्ट्रिय बहिरा महासंघ नेपालसंग आवद्द भएको थियो र २०५७ सालमा बागलङ बहिरा संघ स्थापना भएको थियो । राष्ट्रिय बहिरा महासंघ नेपालसंग हाल ४१ जिल्ला बहिरा संघ आवद्द रहेका छन् । सन् १९५१ मा स्थापना भएको र १३० देशका राष्ट्रिय बहिरा संघहरु आवद्द रहेको विश्व बहिरा महासंघ (WFD) र विश्व बहिरा महासंघ अन्तर्गत एसियाप्रशान्त क्षेत्रीय सचिवालयको सदस्य रहेको राष्ट्रिय बहिरा महासंघ नेपालकार्य समितिमा रहेर काम गरीरहेका छौं । बहिरा दिवसले बहिराहरुको हकअधिकार प्राप्ती एवं जनचेतना जगाउन केहि हदसम्म सफल भएको छ यद्दपि देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाएवं अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि (UNCRPD) को अनुमोदन भइसकेर पनि बहिरा नागरीकुहरु आधारभुत अधिकारबाट वञ्चित भइरहन परेको छ । बहिरा नागरीकका सवालहरु संञ्चार विहिन अवस्थामा बस्नुपर्ने बाध्यता बहिराहरुको पहिलो समस्या हो । बहिराहरुको पहिलो भाषा साँकेतिक भाषालाई राष्ट्रिय मान्यता प्राप्त तथा यसको विकास र विस्तार मा राज्यले ध्यानदिन सकेको छैन । आफु अनुकुल पाठ्यक्रम, पाठ्यपुस्तकमा शिक्षण तथा मुल्याङकन पद्दति एवमं साँकेतिक भाषा शिक्षा आर्जन गर्न पाउने बहिराहरुको अधिकार कठिन भएको छ । शिक्षा, स्वास्थ्य सञ्चार रोजगार मुलुक तालिम एवमं रोजगार लगायत सार्वजानिक सेवाहरुमा बहिरा नागरीकहरुले दोभाषे सेवा उपयोग गर्नबाट बञ्चित हुनुपरेको छ । राज्यले प्रदान गर्न प्रत्येक सेवा सुविधा बहिरा नागरिकहरुले भेदभाव भोग्नुपरेको छ । बहिरा विद्यालयहरुमा पढाउने शिक्षकहरुले अन्य साधारण स्कुलमा शिक्षकहरु जस्तो निवृतिभरण लगायतका सुविधाहरु पाउन सकेको छैन । शिक्षक बन्नेको लागि प्राप्त गर्नुपर्ने शिक्षण अनुमतिपत्र लिने प्रावधान र तरिकाहरुमा बहिरामैत्रि नभएकाले अधिकांश बहिरा नागरिकहरु शिक्षण अनुमतिपत्र प्राप्त गर्न शिक्षण कार्यबाट समेत वञ्चित हुनुपरेको छ ।यसको वैकल्पिक व्यवस्था गर्नतर्फ राज्य अझै अग्रसर हुनसकेको देखिदैन ।
यातायाततथा सार्वजानिक स्थलहरुको सेवामाबहिरा नागरीकहरुको पहूँच स्थापना हुनसकेको छैन । सवारी चालक अनुमति पत्रमा भएको विभेदकारी कानुनि प्रावधानका कारण बहिरा नागरीकहरुले सवारी चालक अनुमति पत्र प्राप्त गर्न सकेको छैन । अधिकांश त गरिवीको रेखामुनि रहेको बहिरा नागरिक बहिराहरुले प्रयोग गर्ने कmक सेवाफोन भन्दा पनि महंगो छ । टेलिभिजनबाट प्रसारण हुने समाचार तथा सुचनाहरु वहिरामैत्री माध्यममा प्रसारण अझै सुरु नागरिकले बहिरा नागरिकहरु सुचनार समाचारको पहँुचबाट वञ्चित भएका छन् ।
बहिरा प्रतिको सामाजिक दृष्ट्रिकोण अझै पनि विभेदपूर्ण रहेकाले बहिराहरुले देशकै नागरीकका रुपमा जिवन जिउन कालागि अनेकौ झन्झटहरु झेल्नु परेको छ । देशको साधन स्रोत माथि बहिरा नागरिक एवमं संघ संस्थामा पंहुच स्थापना हुन सकेको छैन । बहिरा सञ्जाल र बहिरा संस्कृति विकास हुन सकेको छैन । बहिरा नागरीकहरुको आहवान असोज ०९ गते बहिरा संस्कृति झल्कने अन्तराष्ट्रिय बहिरा दिवसको अवसरा बहिरा चेतनामुलक कार्यक्रम आयोजना गरि बहिरा नागरिकहरु आफ्ना हक हित अधिकार सीप र क्षमताका बारेमा थप सचेत हुने तथा बहिरा नागरिक अधिकार प्राप्तीको लागि सरोकारवालाहरुको सहकार्य बढ्ने अपेक्षा राखिएको छ । बहिरा भएका व्यक्तिहरुलाई समाज एवं राज्यले दया र माया होइन अधिकार र अवसर दिनुपर्छ । साधन र स्रोत माथिको पँहुच कानुनले नै स्पष्ट रुपमा प्रत्याभुत गर्नुपर्दछ भन्ने हाम्रो धारणा रहेको छ । यस अन्तराष्ट्रिय बहिरा दिवसको शुभअवसरमा आयोजित बहिरा चेतनामुलक कार्यक्रममा सहभागि भई बहिरा दिवस सफलापूर्वक सम्पन्न गर्न तथा बहिराहरु संग सहकार्य बढाउन लागि बागलुङ बहिरा संघ परिवार सम्पूर्ण महानुभावहरुमा अनुरोध तथा आभार ज्ञापन गर्दछांै । (लेखक बागलुङ बहिरा संघका अध्यक्ष हुन् ।)