भरत बागलुङे
कथा १
हामी उभिईरहेको समय प्रविधिको समय हो, सूचना प्रविधिमा मान्छेले प्राप्त गरेको विजयले दुनियाँ हरेक सेकेण्ड एक अर्कासँग पुगिरहेको छ । पछिल्लो समय मार्क जुकेरवर्गले सामाजिक सञ्जाल फेसबुकको निर्माण गरेपछि दुनियाँ झन् एक अर्काको समिपमा पुगिरहेको छ । मान्छेका विचार, युद्ध, संघर्ष, आन्दोलन ती अब सडकमा उभिएर गरिरहनु आवश्यक छैनन् ती सब पवित्र र शान्त भएर सामाजिक सञ्जालबाटै गर्न सकिने भएको छ । सामाजिक सञ्जालभित्र हरेक नेतृत्वदायी भूमिकामा रहेका शासक प्रशासक र नागरिक उभिनु जरुरी छ जहाँ उभिएर हामीले सत्यलाई नजिकबाट आत्मासाथ गर्न सक्नेछौँ, नीति निर्माण र कार्यान्वयनमा भूईँतहका आम सीमान्तकृत नागरिकको सर्वोच्चता र गरिमा स्थापित गराउन सक्नेछौँ, विडम्बना नागरिक आवाजको दायराभित्र हाम्रो मुलुकका न शासक न प्रशासक अटाउन इच्छुक देखिन्छन् ती फगत आत्मामा तृष्णा पालेका लोभी पापी र चाकडीवाजहरुबीच हराईरहेका छन् । लोक लज्जा तिनले अनुभूत गर्न सकिरहेका छैनन् कारण ती लोकसँग जोडिन सकिरहेका छैनन् । जब लोकसँग जोडिन मुलुकका मालिकहरु सक्दैनन् सत्ताको मुहुनीदार चौकिल्लाभित्र ती मदहोस बनिरहन्छन् । यसको ज्वलन्त उदाहरण प्रधानमन्त्री शेर बहादुर देउवा बनिरहेका छन् । चुनावले विस्थापित गरेका मान्छे नैतिकतालाई तिनले आत्मासाथ गरेर सत्ताको चाबी जित्नेहरुलाई सुम्पेर जनताको सेवामा प्रतिपक्षको लाइनमा उभिनु पर्ने तर ती सत्तालाई जीवनको अन्तिम सत्य मानेर सामान्य लोकतन्त्रको शौन्दर्यतालाई बलात् बलात्कार गरिरहेका छन् । तिनका वरीपरी तिनको स्वस्तिवाचनमा मग्न दासहरु ती भातपानीको दुःखद अन्त्यको त्रासदभित्र सत्यलाई हत्या गरिरहेका छन् । एकप्रकार पछिल्लो सात दशक नेपाल सत्यलाई हत्या गर्नेहरुको कब्जामा परिरहेको छ र नागरिक तिनका तिलस्मी र जादुगरी शब्दमा अल्झिएर अभिषप्त जीवन व्यतित गरिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सिङ्गो नेपाली काँग्रेस पार्टी र त्यसका नेताहरु लज्जाको पनि घोर अपमान गरिरहेका छन् । नागरिक सडकमा उभिईरहेको छ, नागरिक टेलीभिजन, रेडियो र अखवारी कागजमा उभिईरहेको छ सब भन्दा धेरै दरवारदेखि झुपडीसम्मका नागरिक उभिईरहेका छन् सामाजिक सञ्जाल फेसबुकमा, तिनको प्रश्न छ मालिक लोकतन्त्र भनेको के हो ? निर्वाचन लोकतन्त्रको शौन्दर्यता भित्र पर्छकी पर्दैन मालिक ? रैतीको प्रश्नमा मालिकहरु ती झुठका पुलिन्दा तयार पारी बयानमा उभिईरहेका छन्, करनी र कथनी बीच आकाश पातलको भीमकाय फासला छ यही फासलामा ती घोर लज्जास्पद तवरमा लोकतन्त्रलाई बलात्कार गरिरहेका छन् । वरीपरी मस्तिष्कमा दाशकालीन विचार बोकेका हनुमान वीर्यपानको तृष्णा पालेर ताली पिटिरहेका छन् गज्जब मालिक ।
कथाः २
चिसो बढीरहेको छ । अत्यधिक चिसोले जन्माएको शितलहरले मधेश मरिरहेको छ । राजनैतिक दाउपेचले भूकम्प पीडित ती थोत्रा पालमुन्तिर इहलीला समाप्त पारिरहेका छन् । साँच्चि हाम्रो मुलुकका शासक र प्रशासक तिभित्र जीवनको हार्दभाव र गरिमाको मृत्यु भएकै हो त ? नागरिकप्रतिको स्नेहलाई राजनैतिक नाफा घाटासँग जोडेर ती किन नागरिक स्नेहको हत्या गरिरहेका छन् ? नागरिक सामाजिक सञ्जालको भित्तोमा उभिएर सत्यलाई तिनका सम्मुख उभ्याईरहेको छ विडम्बना ती फेरी पनि उनै हनुमानहरुको जत्थाबाट जीवनको सत्य बुभ्mनबाट च्यूत बनिरहेका छन् । यो मुलुकका प्रधानमन्त्री र तिनका मन्त्रीहरु, यो मुलुकका प्रशासकहरु ती कहाँ हराईरहेका होलान् ? नागरिक प्रश्न गरिरहेको छ चिसोको प्रवाह नगरि मालिक के तपाइँहरुलाई बिर्सने रोग अल्जाइमर्सले गाली रहेको छ ? न हँ न अँ बस् ती राजनैतिक नाफा घाटाको बाटोमा म्याराथुन दौडीरहेका देखिन्छन् । हरेक वर्ष हिउँदमा मधेश चिसोले मरिरहेको छ र वर्षामा बाढीले सोत्तर बनिरहेको छ तर त्यसप्रति राज्यको जवाफदेहिता शुन्य देखिन्छ । राहत बाँडिन्छ तर त्यसमा पनि राजनैतिक नाफा घाटाको व्यापार हुन्छ । मधेश मरिरहेको यो कुरुप समय, भूकम्प पिडित मरिरहेको यो कुरुप समय अरु कति सय या हजार वर्ष हामी यही अभिषप्त र क्रुर कथा सुनेर जीवनको वयलगाढामा यात्रा गरिरहनु पर्छ मालिक ? मालिक ती खिस्स रकमी हाँसो हाँसिरहेका हुन्छन् । नागरिक साँढेको फल जस्तो जीवन सुखको मृगमरिचिका आत्माको रुकस्याकमा बन्द गरेर हिमाल पग्लिरहेको छ आँखाका कोष कोषमा । सम्माननीय प्रधानमन्त्री ज्यू तपाइँलाई ज्ञात हुनुपर्ने दुःखको पहाडमुन्तिर वर्षेनी कति नागरिकले अकालमै जीवनबाट हात धोइरहेका छन् ? प्रधानमन्त्री आवेगको चमच्चा मच्चिदै ती प्रश्न गरिरहेको नागरिकलाई धारे हात लगाईरहेका छन् होइन भने लाई तँ मलाई प्रश्न सोध्ने ? वाह !
कथाः ३
दुनियाँको इतिहासमा कहिँ पनि सायद हुँदैन न्यायलयमा राजनैतिक नियुक्ति तर नेपाल एउटा त्यस्तो मुलुक बनिरहेको छ जहाँ न्यायलयको मालिक राजनैतिक दलको कोटामा तिनका इच्छाको कारिन्दा बन्ने तमसुकमा जीवनको गरिमा बेचेर आँैठा छाप ठोक्न लज्जाबोध गर्दैन । परिणाम मुलुक विधि र कानुनले हैन राजनैतिक दलको सनकले चल्छ । सनकले चलेको मुलुकको समृद्धिको सपना देख्नु त्यो हास्यास्पद हुन्छ ? हुँदैन ? हामी यतिखेर फेरी त्यही सनकको शिकार बनिरहेका छौँ । मुलुकमा आएर हावाको व्यापार गर्ने व्यापारीहरुसँग साँठगाँठ गरि अरबौँ पैसा विदेश लैजाने आदेश गर्ने न्यायलयले नागरिक गरिमाप्रति बलात् बलात्कार गरिरहेको छ । हत्यारा, गुण्डा, डाँका, भ्रष्टाचारी, व्यभिचारी, खुराफातीको लागि न्यायलय पवित्र मन्दिर बनिरहेको छ । नागरिक तिनले आत्मामा ईश्वरको ढोका ठानेर विश्वासको दियो बलाई पुजा गरिरहेको न्यायलय जसको ढोकामा उभिएर तिनले गुमेको आप्mनो ओंठको मुस्कान फिर्ता हैन झन बढी आँसु बन्नु परिरहेको छ । मुलुकको न्यायलयलाई राजनैतिक दलको भर्तिकेन्द्र बनाउने यो परिपाटीलाई देख्दा नागरिक प्रश्न गरिरहेको छ लोकतन्त्र कहाँ आएको हो त मालिक ? प्रश्न गर्नेहरुप्रति प्रश्नका जवाफ दिनुपर्नेहरु सहिष्णु छैनन् । तिनको असहिष्णुभावको रापमा परेर प्रश्नकर्ता मरिरहेको छ । पछिल्लो पटक डा. गोविन्द केसी ती मारिदैछन् । तिनका प्रश्नहरुभित्र लुकेका हजारौँ आवेग, प्रतिशोध र एकाकीपनको बारे हामी बहस गर्न सक्छौँ तर तिनका तिनै आवेगभित्र जन्मिरहेका अरु लाखौँ प्रश्नहरु जो नागरिक सर्वोच्चता, राज्यको नागरिकप्रतिको असहिष्णु व्यवहार, माफियातन्त्र, घुसखोरी, भ्रष्टाचार, व्यभिचार र दुःखीजनको स्वास्थ्यमा सहज पहुँचका कुराहरु ती आवेगको आलोकमा हजारौँ गुणा प्राथमिक र सम्मानयोग्य कुराहरु हुन् । स्वास्थ्य क्षेत्रमा बढ्दो माफियाखोरी, व्यापारीकरण र नागरिकप्रतिको राज्यको गैरजिम्मेवारपनका विरुद्ध तिनले गरेका प्रश्नहरु ती सम्मान योग्य छन् तर न्यायलयमा पसेको माफियातन्त्र, व्यापारीकरण र भद्दा बजारतन्त्रले तिनका प्रश्नहरुको हत्या गर्न किञ्चित लज्जाबोध र लोकलज्जाको हेक्का राख्न सकेन विडम्बना ! साँच्चि यो क्रमहरुको उपक्रम अरु कति सय या हजार वर्ष चालु रहन्छ मालिक ? नागरिक सडक पेटीमा उभिएर प्रश्न गरिरहेको हुन्छ ।
हामी बाँचिरहेको राजनैतिक परिपाटीमा हामी बथानहरुको चयन गरिरहेका हुन्छौँ ताकि तिनीहरु हामीमाथी शासन गरुन, त्यतिखेर हामीभित्र जीवित चेतनाले हामीलाई विद्रोहका हजारौँ अवसर र बाटोहरु देखाईरहेको त हुन्छ तर हामी दुःखको पहाड उठाउने कष्ट गर्दैनौँ परिणाम हामी हरेक व्यवस्थाको परिवर्तनपछि, हरेक चुनाव पछि र हरेक राजनैतिक दलको पछि इतिहासका तिनै अभिषप्त पलहरुलाई पुजा गर्न र तिनैबाट शासित हुन अभिषप्त बनिरहेका हुन्छौँ । नागरिक सोचमग्न छ मालिकहरु कसरी सोचिरहन्छन् ती यो धरामा तिनले रोपेको यो विष वृक्ष स्वयम् एकदिन आप्mनै अस्थित्वको विरुद्ध उभिने छैन ? चेतना भया !