बागलुङ, २६ पुस– जिल्लको सदरमुकाम बागलुङ बजारको एक हलमा मंगलबार दिउँसो धौलागिरीका ८ जना सांसद एकै ठाउँमा भेटिए । प्रतिनिधिसभाका ४ जना र प्रदेश सभाका ४ जना सांसद व्राउनआईज रेष्टुरेण्टको सभाहलमा थिए । केही पत्रकार र केही कलाकार कार्यक्रम स्थलको अगाडि पट्टि बसेर हेरिरहेका थिएभने केही मान्य गन्य र आठ जना सांसदहरु कार्यक्रम स्थलको उपल्लो तहमा अर्थात् स्टेजमा बसेका थिए । प्रायः गरेर बिरलै देखिने चार जिल्लाका सांसदको जमघट बागलुङमा मंगलबार देखियो । आयोजकले सबै सांसदलाई बोलाएको भएबस्पनि कार्य ब्यस्तताका कारण ८ जनाको मात्रै उपस्थिति कार्यक्रममा थियो । गत मंसिर १० गते र २१ गते गरी दुई चरणमा निर्वाचित भएका धौलागिरीका प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदलाई सम्मान तथा बधाई ज्ञापन गर्न लोकदोहोरी गीत प्रतिष्ठान धौलागिरीले कार्यक्रमको आयोजना गरेको थियो ।
धौलागिरीका सबै सांसदलाई एउटै कार्यक्रममा उपस्थित गराएर आफ्ना समस्या राख्ने र नयाँ कार्यक्रमको स्वाद दिने उद्देश्यले चार जिल्लाका सांसदलाई एउटै कार्यक्रममा बोलाईएको प्रतिष्ठानका महासचिव पुर्ण परियारले बताए । कार्यक्रममा बागलुङ क्षेत्र नं १ का सांसद डा. सुर्य पाठक, क्षेत्र नं २ का सांसद देबेन्द्र पौडेल, क्षेत्र नं २ को प्रदेशसभा १ का सांसद चन्द्रबहादुर बुढा सहभागी थिए । बागलुङका प्रदेशसभा सदस्यहरु इन्द्रलाल सापकोटा, कृष्ण थापा र टेकबहादुर घर्ति भने कार्यव्यस्तताका कारण कार्यक्रममा सहभागी नभएको आयोजकले जनाएको छ । त्यस्तै पर्वतका प्रतिनिधि सभा सदस्य पदम गिरी प्रदेश सभा १ का सांसद नेत्रनाथ अधिकारीका साथमा कार्यक्रममा उपस्थित थिए । पर्वत प्रदेशसभा २ का सांसद विकास लम्साल भने काठमाण्डौमा रहेकाले कार्यक्रममा उपस्थित भएनन् ।
म्याग्दीबाट प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापा पनि प्रदेशसभा २ का सांसद नरदेवी पुनका साथ कार्यक्रममा उपस्थित थिएभने मुस्ताङबाट प्रदेशसभा १ का सांसद इन्द्रधर बिष्ठ मात्रै कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरु सांसदले समयको ख्याल गर्ने भन्दै प्रतिनिधिमुलक मन्तव्य राखे । सांसदको तर्फबाट बोल्दै बागलुङ क्षेत्र नं २ का सांसद देबेन्द्र पौडेलले प्रतिष्ठानको भवन निर्माणका लागी आवस्यक पहल थाल्ने बताए ।
प्रतिष्ठानका बरिष्ठ उपाध्यउक्ष कृष्ण अंखेलीले आँफुहरु घामपानीमा ओत लाग्ने बासको खोजीमा रहेको भन्दै प्रतिष्ठानको आफ्नै घर बनाईदिन पहल गर्न सांसदलाई आग्रह गरे । ठुलो हलमा निकै छोटो बनाईएको कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष तारानाथ आचार्य, उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष हरिओम लामिछाने, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, प्रतिष्ठानका केन्द्रिय सदस्य जिवन दाहाल, प्रदेश नं ४ का संयोजक तारापति सुबेदी लगायतले बोलेका थिए । कार्यक्रममा बालिका श्रद्धा क्षेत्रीले निकै मार्मीक नृत्य प्रस्तुत गरेकी थिईन् । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षता बरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीको स्वागत र महासचिव पुर्ण परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleनेपालमा कहिलेदेखि सुरु भयो मोबाइल बैंकिङको सुरुवात ?
Next Article म्याग्दी महोत्सवको तयारी तीव्र