म्याग्दी, २५ पुस– जिल्लाको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माणाधिन झोलुङ्गे पुलबाट खसेर सोमबार दुई जना मजदुरको मृत्यु भएको छ ।साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लिएर कैलालीको मोहनाल घर भएका धनबहादुर खत्री र पुरन थापा खसेका हुन । पुलबाट खसेका दुबै जनाको सब सोही निर्माणाधिन पुलको खोचमा फेला परेको घटनास्थलबाट नेपाल रेडक्रस सोसाईटी बेगखोला उप–शाखाका सभापती पूर्ण परियारले बताए ।
निर्माणाधिन पुलको तल व्यास हाले पनि दायाँ र बायाँतर्फ तार लगाउने काम नसकिएको र सोही तार नभएको ठाउँमा झुक्कीएर दुई जना खसेको पुलमा कार्यरत अन्य कामदारहरुले बताएका छन् । ३ सय ६५ दशमल ८० मिटर लामो उक्त नेपालकै लामो झोलुङ्गे पुलको अग्लाई करिब १ सय ५० मिटर रहेको छ ।
पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको समयमा दुखद दुर्घटना भएको हो । घटना लगत्तै वडा अध्यक्ष बिल फगामी लगायत स्थानीयबासीको टोली घटनास्थलमा पुगेर सबको खोजीमा लागेका थिए ।
Previous Articleबाटो खुल्ला गर्नुहोस– पौडेल
Next Article प्रधानन्यायाधीश पराजुलीमाथि छानविन होस् – डा. केसी