बागलुङ, २५ पुस–नेकपा माओवादी केन्द्रका नेता तथा बागलुङ क्षेत्र नं २ का सांसद देवेन्द पौडेलले कानूनहरुको अड्चन थापेर कांग्रेसले सत्ता लम्बाउन खोजेको आरोप लगाएकाछन् । मंगलवार सांसदहरुलाई सम्मानमा आयोतिज एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले हरेक खालका कानुनि समस्याको समाधान खोज्दै तत्काल जनादेशको पालना गर्नु पर्ने बताए ।
यो वा त्यो बहानामा सत्तामा बसिरहने खेल सत्ताशिन दलहरुले खेलेको भन्दै पौडेलले तत्काल कानुनि समस्याहरुको समाधान खोज्नु पर्नेमा जोड दिए । ‘जनताले हामिलाई अनुमोद गरेका छन्’ पौडेलले भने ‘सत्तामा रहेका दलहरुले तत्काल बाटो खुल्ला गर्नु पर्छ ।’ कानुनको समस्या देखाउँदै निर्वाच आयोगले राष्ट्रिय सभाको निर्वाचनको कार्यक्रम सार्वजानिक गर्न ढिलाई गरेको भन्दै पौडेलले काम गर्ने गति बढाउन आग्रह गरे ।
‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गराउने बेलाको जस्तै रफ्तारमा निर्वाचन आयोग जानु पर्छ ’ पौडेलले भने ‘निर्वाचन आयोगले आफ्नो काममा भएका बाधा हटाएर तत्काल राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नु पर्छ ।’ सत्तासिन दल र निर्वाचन आयोगले मिलेमोतोमा सत्ता लम्ब्याउने खेल खेलेको समेत आरोप लगाए । लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यक्रममा बोल्दै पौडेलले हरेक खालका सामाजिक संघ संस्थाको बिकासका लागि राज्य र निजि क्षेत्र एकैसाथ अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
Previous Article२५ पुस २०७४, ढोरपाटन दैनिक
Next Article बेगखोलामा पुलबाट खसेर दुई मजदुरको मृत्यु