प्रेम बहादुर थापा
हजारौं थरी थरी मोवाईलको नाम
लाखौ मुल्य भएनी यस्को एउटै काम ।
सहि सदुपयोग गर्न सके दिन्छ धेरै काम
अनावश्यक प्रयोग गर्दा नाश हुन्छ दाम ।।
सवको हातमा स्मार्टफोन हेर्दैमा ठिक्क
कमकाज सबै लथालिंग लाग्न थाल्यो दिक्क ।
भेटघाट सबै अधुरो भो हेलो भने पुग्ने
रिचार्ज गर्दै थाकिसकें नोट हावामा उड्ने ।।
डाँडा घरे बाटुलीले बिहे गरी अरे
फोनै फोनको भरमा उ जिउदै मरि हरे ।
भण्टाङ भुन्टुङ बच्चाहरु टुहुरो पारी गई
उन्मादकोे बैश मोवाईलको नफर्कीने भई ।।
स्वर्ग सरि घर थियो पारि डाँडा गाउँमा
पठाउँथे धन सारा पत्निकै नाउँमा ।
उडाई सम्पत्ति गई छोडी ठुलो भयो पाठ
बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई काठ ।।
धन्य छ मार्टिन कुपर ठुलो काम ग¥यौ
सयौं थरि सफवयर यस भित्र भ¥यौ ।
पाठ पनि सिकाउ सुवलाई राम्रो कर्म गर्न
कसैलाई नपरोस है फोनकै कारण मर्न ।।
–काठेखोला गाउँ पालिका–७ बागलुङ (हाल सिद्धार्थ शिक्षा सदन)