बागलुङ, २४ पुस– जिल्लाको बागलुङ नगरपालिका–१ रामरेखामा सोमबार सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाईते भएका छन् । बागलुङ बजारबाट छुटेको ध १ ज २३७ नंम्बरको पिकअप भ्यान र बिपरित दिशाबाट आईरहेको बा २ प ६५३५ नम्बरको मोटरसाईकल एक–आपसमा ठोक्किँदा मोटरसाईकलमा सवार बानपा–८ साल्बोटका परमानन्द शर्मा गम्भीर घाईते भएका हुन् ।
घाईते शर्मालाई धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत शिक्षण अस्पताल काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दाहिने खुट्टामा गहिरो चोट लागेका कारण बागलुङमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौ पठाईएको प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिए । असावधानीका कारण दुर्घटना भएको रेग्मीले बताए । पिकअप भ्यानका चालक र पिकअप जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घाईते शर्मा भवन डिभिजन कार्यालय बागलुङका कर्मचारी रहेको प्रहरी स्रोतले जनाएको छ ।
Previous Article२४ पुस २०७४, ढोरपाटन दैनिक
Next Article जमिनबाट धुवाँ निस्किएपछि सुन्दरबजारवासी त्रसित