बागलुङ, २४ पुस– गलकोट बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २० औ साधारणसभा तथा अधिबेसन सम्पन्न भएको छ । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको प्रमुख आतिथ्यता रहेको अधिबेसनले गणेश खत्रीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष छमबहादुर खत्री, सचिव योगेश भण्डारी, सहसचिवमा सचिन शर्मा न्युरे र कोषाध्यक्षमा सुनमाया ढकाल रहेका छन् । सदस्यहरुमा पदम श्रेष्ठ, तमबहादुर कार्की, मिनु काउचा, लालबहादुर खत्री रहेका छन् । त्यस्तै शेरबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन भएको छ । टोपबहादुर खत्री र थम्मन सुनार रहेका छन् । साधारणसभामा समाजसेवी यमबहादुर श्रीस, गलकोट सामुदायीक सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चासिले, लेखा सुपरिवेक्षण समितीका संयोजक बन्द्रिप्रसाद ढकाल, सेयर सदस्य टिकाराम कडेल, सहकारीको तर्फदेखि मल्ल बहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष छुम बहादुर थापा, प्रभु बैंकका प्रबन्धक चेतनारायण गौतम लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
सभामा संस्थाका सचिव भबिन्द्र थापाले प्रगति प्रतिबेदन, र सस्थाका कोषाध्यक्ष छमबहादुर खत्रीले २१ करोड, १ लाख १८ हजार २ सय ३ आम्दानी खर्च सार्वजनिक गरेका थिए । सभामा पुरानो कर्मचारी कृष्णबहादुर खत्री, नियमित बालबचत कर्तातर्फ कल्पना गौतम, तिलकबम मल्ल, नियमित सेयर बचततर्फ रन बहादुर पुन, कमला श्रीस, नियमित किस्ता भुक्क्तानी गर्नेतर्फ रन बहादुर थापा, आशा थापा, जेहेन्दार बिद्यार्थीतर्फ मनिसा लोहनी र गौरव श्रीस, संस्थाका बढि कारोबार सेयर सदस्यतर्फ बिष्णुकुमारी खत्री बुढा, असल कर्मचारीतर्फ योकमाया श्रीस, लगनसिल सेयर सदस्य दुर्गा श्रीसलाई सम्मान गरिएको छ ।