बागलुङ, २४ पुस– आदित्य प्रतिभा स्मृति प्रतिष्ठान बागलुङको अध्यक्षमा पुनः विजयराज पन्त चयन भएका छन् । हालै सम्पन्न प्रतिष्ठानको बार्षिक साधारण सभाले पन्तलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा महेशचन्द्र प्रधान, सह–सचिवमा अर्जुन घिमिरे र कोषध्यक्षमा सिर्जना भण्डारी चयन भएका छन् ।
प्रतिष्ठनाको सदस्यहरुमा प्राज्ञ प्रेम छोटा, देवबहादुर श्रेष्ठ, विश्वनाथ रेग्मी र प्रतापराज पन्त चयन भएको बताईएको छ । साधारण सभाले समाजसेवामा लागेका प्रतिष्ठानका साधारण सदस्यहरु मध्यबाट सर्बसम्मत नेतृत्व चयन गरेको अध्यक्ष बिजयराज पन्तले जानकारी दिए । प्रतिष्ठानले स्थापना काल देखीनै बिपन्न र जेहेन्दार बिद्यार्थी उच्च शिक्षाका लागि छात्रा बृत्ति प्रधान तथा धौलागिरी अञ्चलमा बिभिन्न क्षेत्रमा क्रियाशिल रहि बिषेश योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।
Previous Articleप्रचण्ड र ओलीको बालकोट वार्ता सकियो
Next Article नगरपालिकालाई ज्ञापन पत्र