काठमाडौं, २३ पुस- न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । केही सातादेखि तराई मधेस क्षेत्रमा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दिनदेखि १ डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस छ । तापक्रम घटेका कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बन्दै गएको छ । चिसोका कारण स्वास्थ्यसम्बन्धी विभिन्न समस्या लिएर बिरामीहरू अस्पताल पुगिरहेका छन् । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने मौसमविद् वरुण पौडेलले बताए ।
मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले मुलुकभर चिसो बढेको मौसमविद् पौडेलले बताए । उनका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ ।
Previous Articleबाढीपीडितले अझै पाएनन् राहत
Next Article नेपालमा पहिलोपटक योग खेलकुद प्रतियोगिता गरिने