बागलुङ २१ पुस–पाँचौ बागलुङ महोत्सवको अवसरमा आयोजित खुला महिला भलिबलको उपाधि दर्शन ट्रान्सपोर्टको समूहले जितेको छ । ट्रान्सपोर्टले नेपाल खेलकु“द महासंघको टिमलाई २५–१८, २५–१२ र २५–१३ स्कोरको सोझो सेटमा हराएका हो । महासंघले जित्ने उद्देश्य राखेर खेलेपनि दोश्रो स्थानमा चित्त बुझायो
बागलुङ उद्योग बाणिज्य संघले महोत्सवको अवसरमा खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेको थियो । शुक्रवार बिहान निकै रोमाञ्चक रुपमा भएको फाइनल खेलमा नेपाल खेलकुद महासंघले अप्रत्यासित हार व्यहोेरेपछि खेलाडीहरुमा निराशा छाएको थियो । ट्रान्सपोर्टको टिमले भने पहिलो हुन पाएकोमा खुसीयाली बा“डे । पहिलो हुने टिमले ७५ हजार ५ सय रुपैया“ नगद सहित गोल्डकप, मेडल र प्रमाणपत्र हात पा¥यो । द्वितिय हुने मासंघले ३० हजार ५ सय ५५ रुपैया“ नगद पुरस्कारमा चित्त बुझायो । प्रतियोगितामा वाईसिएल बागलुङ तृतिय भएको थियो । खेलमा ट्रान्सपोर्टकी रमिला तण्डुकार उत्कृष्ठ खेलाडी घोषित भईन् ।
पश्चिमाञ्चल र छन्त्याल पुरुष भलिबलको फाईनलमा
पाँचौ बागलुङ महोत्सवको अवसरमा आयोजित खुला पुरुष भलिबल प्रतियोगितामा पश्चिमाञ्चल भलिबल संघ र छन्त्याल कन्स्ट्रक्सन फाइनलमा प्रवेश गरेका छन् ।
गत आईतवार देखि शुरु भएको प्रतियोगितामा संघले गलकोट नगरपालिका र कन्स्ट्रक्सनले नेपाली सेनाको २३ नम्बर बाहिनीलाई पराजित गरेको हो । शुक्रवार भएका खेलमा संघले गलकोटलाई सोझो सेटमा पराजित गरेर फाइनल प्रवेश पाएको हो । कन्स्ट्रक्सनले भने २५–१०, २५– १७, ३५– ३३ र १९– २५ को अन्तरले जितेको हो । भलिबलमा सेनाको टिम निकै उत्साहका साथ मैदानमा उत्रेका थिए । तर सोचेजस्तो सफलता नपाएपछि निरास भएर फर्के । खेलमा उत्साह दिन सेनाका २३ नम्बर बाहिनीपति सहायक रथी कृष्ण मुरारी न्यौपाने समेत खेल मैदानमा उपस्थित थिए । पहिलो खेल जितेर उत्साही भएका सेनाका खेलाडीलाई छन्त्यालले दोश्रो र तेस्रो खेलमा लगातार जिते पछि सेनामा निरासा छाएको थियो ।
लिगकम नकआउट प्रणालीबाट खेलाईएको खेलमा १२ वटा टिमले भाग लिएका थिए । खेलमा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैया“ र द्वितिय हुनेलाई ५५ हजार ५ सय ५५ रुपैया“ पुरस्कारको व्यवस्था गरिएको छ । फाईनल खेल शनिवार हुने आयोजक बागलुङ उद्योग बाणिज्य संघका खेल संयोजक उमाकान्त शर्माले बताए ।