बागलुङ, १८पुस-जिल्ला सदरमुकाममा आयोजित बागलुङ महोत्सव सकिएलगत्तै जिल्लाको दक्षिण कुश्मीशेरामा माघेसक्रान्ति मेला हुने भएको छ । साहारा क्लबको आयोजनामा जैमिनी तथा माघेसक्रान्ती मेला हुन लागको हो । ‘आपसी भेटघाट र परम्पराको निरन्तरता कुश्मीशेरा भेला, संस्कृति संरक्षण र खेलकुद विकासका लागि माघेसक्रान्ति तथा जैमिनीमेला’ भन्ने मुल नाराका साथ मेलाको आयोजना गरिएको साहारा क्लब कुश्मीशेराले जनाएको छ । पौषको २३ गते बागलुङ महोत्सव सकिएको ३ दिनपछि पौष २६ गतेदेखी माघेसक्रान्ति मेला हुन लागेको हो । जिल्लाको दक्षिण क्षेत्रको पर्यटन र ब्यापार प्रबद्र्धन तथा खेलकुदको विकासको लागि हरेक बर्ष हुँदै आएको मेलामा यस बर्ष पनि बिबिध कार्यक्रमहरुको आयोजना गरिएको क्लबका सचिव दिलिप थापाले बताए ।
माघेसक्रान्ति पर्व र कुश्मीशेरामा हुने मेलाको बषौंदेखीको सम्बन्ध रहेको भन्दै यो मेलाले यस क्षेत्रको आर्थिक विकास र खेलकुदको विकासका लागि महत्वपुर्ण योगदान पु¥याउने गरेको थापाले बताए । मेलामा यस बर्ष पुरुष भलिबल, खुल्ला पुरुष डवल ब्याडमिन्टन, जैमिनी डान्स आईडल, खुल्ला महिला रत्यौली, अन्तर माध्यामिक बिद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगीता लगायतका कार्यक्रमहरु आयोजना गरिएको क्लबले जनाएको छ । पौषको २६ देखी माघको २ गतेसम्म चल्ने मेलामा स्थानिय उत्पादनहरुको सामान्य स्टलहरु रहने र बाँकी सबैखालको आर्थिक क्रियाकलाप कुश्मीशेरा बजारबाट नै सञ्चालन हुने सचिव थापले बताए । ‘यो हाम्रो भेटघाटको अवसर हो’ थापाले भने ‘माघेसक्रान्ति मनाउन सेरा बजार आउने वातावरण हामीले मिलाएका हौं ।’ २०४८ साल पहिले कुश्मीशेराकै लामाखेत भन्ने ठाउँमा कालिगण्डकी किनारमा लाग्दै आएको मेला २०४८ देखी २०५८ सम्म हिमालयन आवासिय माविले र त्यसपछि कुश्मीशेरा बजार ब्यबस्थापन समितीले आयोजना गर्दै आएका थिए । केही बर्ष यता साहारा क्लब कुश्मीशेराले मेलाको आयोजना गर्दै आएको छ । ‘हामीले मेलाको आयोजना गर्दा कुश्मीशेरा बजारमा लाखौंको कारोवार हुन्छ भने भाईबन्धु भेट्ने अवसर पनि जुट्छ’ साहारा क्लबका सदस्य नविन प्रताप जिसीले भने ‘यसलाई अवसरको रुपमा प्रयोग गर्न सम्पुर्ण जिल्लाबासी र छिमेकी जिल्लाका दर्शकहरुलाई आग्रह गरेका छौं ।’ मेलाको मुख्य दिन माघेसक्रान्तिको दिन प्रमोद खेरेल, बद्रि पंगेनी लगायतका कलाकारको प्रस्तुती रहने जिसीले जानकारी दिएका छन् ।
Previous Articleस्थानीय पहलमा कल्भर्ट पुल निर्माण
Next Article भत्केको भवन कहिले बन्छ ?