बागलुङ, १७ पुस– पाचौं बागलुङ महोत्सव स्थलमा राखिएका कृषिजन्य उत्पादनमध्ये फापरको पिठो सन्तोषजनक हिसाबमा बिक्री भएको छ । अन्य कृषिजन्य उत्पादनको बिक्री न्युन भएपनि फापको पिठो सन्तोषजनक बिक्री भैरहेको ब्यबसायीले बताएका छन् ।
स्टलमा राखीएका कृषिजन्य उत्पादनमध्येमा फापरको पिठो खोज्नेहरु धरै आएको न्यु ढोरपाटन आर्गानिक खाद्य तथा फलफुल बिक्री केन्द्रका धनबहादुर पुनले बताए । ‘आर्गानिक भनेको के हो भन्दै आउनेहरु धेरै भेटिए’ पुनले भने ‘सबैले जानेको र स्वाथ्यकर हुन्छ भनेर फापरको पिठो लैजानेहरु धेरै छन् ।’ उनले कृषिजन्य उत्पादन चासोका साथ दर्शकले खरिद नगरेको बताए । पुनको स्टलमा बागलुङको ढोरपाटनमा फल्ने जेठो बुढो चामल, अनदिको चामल, मेथी, अदुवा, टमाटर, सुन्तला लगायतका कृषिजन्य उपज बिक्रीका लागि राखिएको छ । बेमौसममा फलाएका अर्गानिक तरकारी आफ्नो स्टलमा राखिएको भएपनि त्यसप्रति मानिसको रुची कम रहेको पुनले बताए । प्रतिकेजी २ सय १० रुपैयाँ मुल्य रहेको फापर भने महोत्सवमा आएका गाउँ देखी बजारसम्मका दर्शकले लिएर जाने गरेका छन् । कृषिजन्य उत्पादनकै स्टल राखेका अन्य व्यवसायी भने निरास छन् ।
फेन्सी सामानका कारण आफ्ना उत्पादनहरु ओझेलमा परेको ब्यबसायीले गुनासो गरेका छन् । कास्कीको अन्नपुर्ण नगरपालिकाबाट आर्गानिक कृषिजन्य उत्पादनको ब्यापारका लागि महोत्सवमा आएका टंक थापाले भने महोत्सव स्टलको लागि तिरेको खर्च पनि नउठ्ने चिन्ता गर्न थालेका छन् । ‘चिल्लो बर्णका फेन्सी सामानमा मात्रै मान्छेको आकर्षण छ’ थापाले भने ‘महोत्सव सञ्चालन भएको तिन दिन बित्यो ब्यापार भएन ।’ आर्गानिक ग्रिन टि होम नाम दिएर स्टल राखेका थापाको स्टलमा माछा, मासुको अचारदेखी स्थानिय उत्पादन मादल, सारंगी लगायतका समानहर राखिएका छन् ।
महोत्सवमा राखिएका कृषिजन्य उत्पादनका स्टलहरुबाट ब्यापार नभएको ब्यवासायीहरुले गुनासो गर्न थालेका छन् । प्रतिस्टल ६ हजार भाडा तिरेर व्यापारका लागि आएका ब्यवसायीहरु स्टल खर्च उठाउन समेत कठिन भएको बताउन थालेका छन् । महोत्सवमा रहेका १ सय ८२ स्टलमध्ये एक स्टलमा मात्रै कृषिजन्य उत्पादनको प्रदर्शनी राखिएको छ । टिकट नलाग्ने र सहज रुपमा उत्पादित उत्कृष्ट उत्पादन हेर्न पाईने भएकाले त्यो स्टलमा भने चहलपहल छ ।
Previous Articleपाँचौ बागलुङ महोत्सवमा भलिबल शुरु
Next Article १७ पुस २०७४, ढोरपाटन दैनिक