बागलुङ, १६ पुस– एकै महिना छ वटा चोरीमा संलग्न एक ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही सुरु गरेको छ । जिल्लाको जैमीनी नगरपालिका–१ कुश्मीशेराका १६ बर्षिया टेकबहादुर किसानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । गत मंसिर २० गते यता जिल्ला सदरमुकामका बिभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न भएको आरोपमा प्रहरीले किसानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । गत पौष १४ गते सदमुकामस्थित शिवधारा टोलबाट प्रहरीले किसानलाई रंगेहात पक्राउ गरेको जनाएको छ । चोरी गरेर राखेका सामानसहित किसानलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिए ।
पछिल्लोपटक चोरी भएको २४ घण्टा भित्रै किसानलाई चोरी भएको सामान र नगदसहित पक्राउ गरेको प्रहरी प्रमुख रेगमीले बताए । गत पौष १३ गते बानपा–३ गुठी बस्ने टेकबहादुर किसानको गिफ्ट हाउस फोडी नगद तथा जिन्सी सामान चोरी गरेको उजुरी दर्ता भएलगत्तै अनुसन्धान थालेको प्रहरीले १४ गते बिहान नै किसानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
किसानको साथबाट गत पौष २० गते टेलीकमरोडमा रहेको आराध्या इन्टरप्राईजेजको सटर फोडी चोरी गरेको नगदसहित त्यसपछि भिन्न–भिन्न मितीमा भएका चोरीका छ वटा घटनामा हराई रहेको नगद र जिन्सी समेत बरामद गरेको रेगमीले बताए ।
किसानले गत मंसिर २७ गते माछापुच्छ्रे्र बैक अगाडी रोकी राखेको ट्याक्सीबाट गाडीका कागजात, मंसिर २८ गते हल्लनचोकमा पार्किङमा राखेको ट्याक्सीबाट बिद्युतिय सामान, पौष १२ गते राती मनप्रसाद गोतामेको पसलबाट नगद ९ हजारसहित नेपाल बैंक लिमीटेडको चेकबुक र अन्दाजी २ हजार ५ सय बरावरको रिचार्ज कार्ड तथा पौष १३ गते अस्पताल रोडमा जनरल स्टोरका खगेन्द्र प्रसाद शर्माको पसल फोडी सुनको मंगलसुत्र, नमस्ते एनसेल लगायतका रिचार्ज कार्ड चोरी गरी कोठामा राखेको वस्थामा फेला परिएको प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले बताए ।
किसानले चोरेको रकममध्ये एकमुष्ठ १३ हजार २ सय ४० रुपैयाँ , बैंकको चेक, रिचार्ज कार्डहरु, गाडीमा प्रयोग हुने बिभिन्न म्युजिक सिस्टमका सामानहरु लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सामानसहित नियन्त्रणमा लिईएका किसान उपर चोरी मुद्धामा अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक रेग्मीले बताए । ‘सायद धेरै घटनामा संलग्न भएकाले अनुसन्धान लामो हुन्छ होला’ रेग्मीले भने ‘म्याद थप गरेर अनुसन्धानलाई निष्कर्षमा पु¥याउँछौं ।’ नेपालमा चोरीमा संलग्नहरुको लागि कडा खालको कानुन नभएको रेगमीले बताए । ‘चोरी मुद्धामा दोषी ठहरिए बिगो बराबरको जरिवाना तिरेर निस्कन पाउने ब्यबस्था छ ।’ रेग्मीले भने ‘बिगो र जरिवाना अशुल गर्न नसके सोही बमोजिमको सजाय हुन्छ ।’ चोरीका घटनाहरुका जाहेरी परेको भएपनि पछिल्लो चोरीले संलग्न पत्ता लगाउन सहज भएको उनले बताए । किसानसँगै चोरीमा अन्य ब्यक्तिहरु संलग्न भए नभएको बिषयमा समेत प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ । किसान अहिले हिरासतमा छन् ।
Previous Articleसमानुपातिकबाट बागलुङका जो बने सांसद
Next Article १६ पुस २०७४, ढोरपाटन दैनिक